Sunday, February 26, 2017

परिक्रमाको आज दोश्रो दिन

१५ फागुन, जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमाको आज दोश्रो दिन, श्रद्धालु भक्तजनहरु आज बिहानै बिहानै भारत स्थित कल्नाको लागी प्रस्थान गरेका छन । 

आज बिहानै बिहानै साधु सन्त, किशोरी तथा बिहारी जीको डोलाका साथमा हजारौ श्रद्धालु तथा भक्तजनहरुको टोली भारतको कल्ना जाँदै छन । कल्ना पुगे पश्चात उक्त टोलीहरुले पोखरीमा स्नान गरी कल्याणेश्वर भगवानलाई पुजा पाठ गर्नेछन । र रात्रीकालीन बिश्राम पनि आज कल्नामा नै गर्नेछन । त्यसपछि भोली बिहानै उक्त टोली भारतकै गिरिजा स्थान फुलहर प्रस्थान गर्नेछन । धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागर स्थित मठबाट रामजानकीको डोलालाई विधिवत रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमाको सुरुवात हिजैबाट गरिएको छ । परिक्रमाको पहिलो दिन परिक्रमामा सहभागी श्रद्धालुहरु जनकपुरस्थित हनुमान नगरमा रात्रीकालीन विश्राम गरेका थिए । आज रात्रीकालीन कल्नामा विश्राम गरेका साधुसहितको भक्तजनको टोली भोली  गिरिजास्थान, फुलहर हुँदै मठिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, बिशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिनमा परिक्रमा टोली जनकपुर आउनेछ । त्यसपछि जनकपुरमा अन्तगृह परिक्रमासँगै परिक्रमा समापन हुनेछ । त्यसको भोलिपल्ट जनकपुरमा होली खेल्ने समेत परम्परा रहेको छ ।

मिथिला माध्यमिकी परिक्रमामा नेपाल–भारतका भक्तजन, साधु सन्त र विभिन्न ठाउँका रामजानकीको डोला पनि सहभागी हुन्छन् । परिक्रममा विश्रामस्थलको व्यवस्थापनको जिम्मा बृहतर जनकपुर क्षेत्र विकास परिषद्ले गर्दै आएको थियो । तर, यसपटक बृहत्तरभित्र आफैं विवाद भएकाले व्यवस्थापनका लागि रकम आउने÷नआउने कुनै ठेगान छैन । 

विश्रामस्थलहरूमा स्थानीय संघसंस्थाहरूले श्रद्धालुका लागि निःशुल्क औषधी उपचार शिविर, निःशुल्क खानाको व्यवस्था गरेपनि राज्यपक्ष उदासिन रहेको समाजसेवी अमरचन्द अनिलको गुनासो छ । विश्रामस्थलहरूमा प्रवचनको आयोजनाका साथै मेला पनि लाग्ने गर्दछ । यो परिक्रमा गर्नाले सुख, शान्ति, समृद्धिका साथै मनोकांक्षा पूरा हुने विश्वास छ । नेपाल–भारतका १ सय २७ किलोमिटरको दूरी परिक्रमा टोलीले तय गर्नेछ ।

2 comments:

facebook Page Like

  • मनोरँजन