Thursday, September 23, 2010

जानकी मन्दिरके विश्व सम्पदा सूचीमे समावेश करय परत


जनकपुरधाम । स्थानीय जानकी मन्दिरके विश्व सम्पदा सूचीमे समावेश करय लेल मिथिलावासीसबे जोड देलनि अछि । देशके गौरव आ गरिमाके रुपमे रहल जानकी मन्दिर आरम्भे स सब हिन्दूके आस्था आ विश्वासक प्रतीकके रुपमे रहल अछि ।
मुगल आ हिन्दू वास्तुशैलीके अनुपम सङ्गमस बनल इ मन्दिर नौलखा, जानकीभवन, सिसमहल आ नेपालक ताजमहलके नाम स प्रख्यात अछि ।
भगवान् रामकी अर्धाङ्गिनी सीताको सम्झनामा बनाइएको मन्दिरको सौन्दर्य र भव्यता विशिष्ट रहेको अन्वेषक नारायणप्रसाद रिमाल बताउनुहुन्छ ।
चारहजार नौसय ५५ वर्गफिटमा फैलिएको सो मन्दिर करिब ५० फिट अग्लो छ । पूर्वतर्फ फर्किएको मन्दिरको शोभा चारैतिर विभिन्न रङ्गका रङ्गीचङ्गी फूलबुट्टाहरुले सिङ्गारिएको छ । मन्दिरमा ६० वटा कोठा छन् । यीमध्ये दुई गर्भगृह विशेष महत्वका छन् भने मन्दिरको गर्भभवन अत्यन्त आकर्षक छ ।
चारै कुनामा तीन-तीनवटाका दरले बनाइएका कलात्मक बुर्जाका साथै अन्य साना तथा ठूला गुम्बजहरुमाथि रहेका सुनौला गजुर, फराकिलो अर्धवृत्त आकारको प्रवेशद्वार र प्रवेशद्वारका दुवै र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको शोभा अझ बढाएको देखिन्छ ।
यस स्थानको परिचय दिने श्रेय यस मन्दिरका महन्त सुरकिशोर दासलाई दिइन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुर अहिलेको जनकपुरस्थल नै हो भनी पहिचान गराउने श्रेय पनि यी महन्तलाई दिइन्छ ।
वर्तमान जानकी मन्दिर रहेको स्थानमा पहिले एउटा नीमको रूख थियो । त्यस स्थानमा ती महन्त विश्राम गर्न सुतेका थिए । यिनलाई त्यसै बखत सपनामा देवी सीताले यसै स्थानमा आफ्नो दरबार रहेको थियो भनेर बताएको जनश्रुति पाइन्छ ।
यी महन्तले त्यस स्थानमा एक झोपडी बनाएर पूजाआजा गर्न थाले । यिनकै समयदेखि यसको ख्याति बढ्न थाल्यो र मानिसहरु घनाजङ्गलभित्र रहेको स्थानमा पूणिर्मा तथा पवित्र पर्वहरुको अवसरमा यहाँ स्नान र पूजाआजा गरी फर्कन्थे ।
त्यस समयमा बाघ, भालुजस्ता जङ्गली पशुको निकै डर रहने भए पनि मानिसहरु अस्त्रशस्त्र लिई यस स्थानमा मेला भर्न आउँथे । महन्त सुरकिशोर दास वस्तुतः आधुनिक जनकपुरको संस्थापक र सीताको उपासना पद्धतिका प्रचारक महान् सन्त एवम् कवि भएको अन्वेषक रिमाल स्पष्ट गर्नुहुन्छ ।
यी महन्तपछि यहाँ यिनका शिष्य प्रयाग दास महन्त भए । यस ठाउँको ख्याति सुनेर मकवानपुरका राजा मणिक सेनले १५८४ मा यिनको दर्शन गरी एकहजार चारसय बिघा जमिन दान गरेका थिए ।
वि.सं. १८६७ को गिर्वाणयुद्ध वीर विक्रम शाहको लालमोहरबाट बिर्ता पक्का ठहराई चार किल्लाको सिमाना तोकी लालमोहर ताम्रपत्र गरी जानकीको नित्यपूजा गरी सदावर्त चलाई शिष्य परम्पराअनुसार भोग गर्ने आदेश दिएको पाइन्छ ।
यसै आदेशबाट राजगुठीअन्तर्गत पूर्णरुपमा स्वतन्त्र भई गुरु-शिष्य परम्परागत रहेको र सञ्चालन व्यवस्थापनको जिम्मा महन्तमा रहेको देखिन्छ ।
सो मन्दिरको निर्माणका सन्दर्भमा स्थानीय किंवदन्तीअनुसार भारतका टिगमगढका एक राजा यस क्षेत्रतर्फ सिकार खेल्न आएका बखत यहाँको ख्याति सुनी आफ्नी रानीलाई लिई एक दिन तीर्थ गर्न यहाँ आए । ती राजा निःसन्तान थिए । यिनकी रानीले पुत्र प्राप्त गरेमा नौलाख रुपैयाँ लगाई एक भव्य मन्दिर बनाउने वाचार गरिन् ।
कालान्तरमा रानीलाई पुत्र प्राप्त भयो र उनले नौलाख रुपैयाँ लगाई यो मन्दिर बनाउन लगाएकी हुन् । किंवतन्तीअनुसार यसैकारण यो मन्दिर ‘नौलखा’ मन्दिरका नामले प्रसिद्ध भयो ।
सहप्राध्यापक शिवेन्द्रलाल कर्ण सो मन्दिरको निर्माण टिकमगढका राजा नरेशप्रताप सिंह र उनकी पत्नी वृषभानु कुँवरीले गराएका हुन् र मन्दिर पूरा हुन १२ वर्ष लागेको बताउनुहुन्छ ।
मन्दिरको शिलालेखअनुसार मन्दिरको शिलान्यास वि.सं. १९५२ माघ २८ गते र मूर्ति प्रतिष्ठा वि.सं. १९६७ माघ २८ गते भएको हो ।
मूर्तिहरुको प्रतिष्ठाका अवसरमा महारानी वृषभानुको मृत्यु भइसकेकाले दोस्रो महारानी गणेश कुँवरीको सहभागिता रहेको बताइन्छ ।
उहाँका अनुसार यस मन्दिरको निर्माण त्यसबेलाको बि्रटिस महारानीका चाँदीका सिक्काहरु तीन-चारलाख रुपैयाँ खर्च भएको छ । यस मन्दिरमा प्रत्येक धार्मिक पर्वहरु विशेष गरेर विवाहपञ्चमी, रामनवमी, झुलन पर्व, जानकी नवमी, कृष्णाष्टमी, कोजाग्रत पूणिर्मा, अन्नकुट आदि धुमधामका साथ मनाइन्छ ।
यस्ता पर्वहरुमा श्रद्धालुहरुको विशेष सहभागिता हुने गरेको देखिन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा रतौली -महोतरी) निवासी ठाकुर परिवारबाट वर्षौंदेखि विभिन्न वस्त्राभूषण र खाद्य परिकारले साँठिएका एकसय आठ भार जानकी मन्दिरमा पूरै भक्तिवाद र बाजागाजाका साथ पुर्‍याइने परम्परा अहिले पनि कायम रहेको बताइन्छ ।
ती पर्वहरुमा देश-विदेशमा श्रद्धालु असङ्ख्य मात्रामा उपस्थित रहन्छन् । मन्दिरको साविक पाँचसय ९८ बिघा १० कठ्ठा चार धुर जग्गामध्ये गुठी अधीनस्थ २४ बिघा १४ कठ्ठा, गुठी रैतान नम्बरी तीनसय ७३ बिघा आठ कठ्ठा आठ धुर र गुठी तैनाथी ९८ बिघा १९ कठ्ठा १० धुर गरी चारसय ७२ बिघा १६ कठ्ठा जग्गा गुठीमा रहेको र सो जग्गामध्ये ६६ बिघा हराएकामा सहप्राध्यापक कर्ण चिन्ता व्यक्त गर्नुहुन्छ

बाँकी टटका समाचारसब ( Fresh news )

पसन्द केलन्हि

के कतयसँ कि देख रहल छथि ?

कुन देशसँ देखरहल छथि ?

Flag Counter