Monday, December 17, 2018

नक्कली नेपाली नागरिकता बनाउने तीन जना पक्राउ

२ पुष, जनकपुरधाम । जनकपुरमा नक्कली नेपाली नागरिकता बनाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली नागरिकता र पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी सहित ४ जना पक्राउ परेको दुई दिनपछि थप ३ जना पनि पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुण कुमार यादव र कार्यालय सहयोगी विरेन्द्र चौधरी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
नीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
यसअघि गत शुक्रवार नक्कली नागरिकता बनाउने गिरोहका चारजना मध्ये जिल्ला प्रशासन कार्यालयकै कार्यालय सहयोगी महाविर मण्डल समेत रहेका थिए । साेसँगै पक्राउ पर्ने कर्मचारीकाे संख्या ४ जना पुगेकाे छ ।
प्रशासनले गिरोहमा कर्मचारी सहित केही जनप्रतिनिधिहरुको समेत संलग्नता हुन सक्ने भन्दै छानबिन प्रक्रियालाई तीब्र बनाएको छ ।

Sunday, December 16, 2018

दाजुले गरे भाईमाथि साँघातिक आक्रमण

१ पुष । महोतरी जिल्लाको पिपरा गाउँपालिका वडा नंं १ एकरहियामा यही कातिक १६ गते दुई दाजुभाई बिच कुटाकुट भयो । झगडा मा जय नारायण मिश्र र उसको श्रीमतीले भाई श्रृष्टि नारायण मिश्रलाई टाउकोमा लट्ठी र दुवै हाथमा छुराले आक्रमण गरे । भाई श्रृष्टि नारायणले प्रतिकार गर्न खोज्दा जय नारायण भुईमा लडे । 

झगडाको कारण दाई जय नारायणले जग्गा नै नछोडी घरको झयाल राखेर भाईको आँगनमा दिनहुँ फोहोर फ्याँक्ने बिषय थियो । 

यता स्थानियहरुलाई विगत ६ बर्षदेखि थर्काउँदै आएका राजेश झाले दुई दाजु भाईको पहिले देखि नै रहेको मनमुटावको फाईदा उठाँउँदै दाई जय नारायणलाई उचालेर भाईलाई पिट्न उक्साएका थिए । 

त्यसै अनुसार राजेश झाको योजना र उक्साहटमा जय नारायण र श्रृष्टि नारायण बिच झगडा गराएका थिए । त्यस झगडामा श्रृष्टि नारायण घाईते भएपछि तुरुन्तै ईलाका प्रहरी कार्यालय पिपरा सहोडबाका शरणमा उजुरी गर्न पुगेका थिए । यता श्रृष्टि नारायण ईलाकामा पुगेको जानकारी पाएपछि राजेशले श्रृष्टिको उजुरी नलिई थुनेर राख्न प्रहरीलाई भनेका थिए । प्रहरीले पनि घाईते श्रृष्टिको कुरा नसुनी प्रहरी कार्यालयमा नै बसाएर राखेका थिए । यता श्रृष्टिले मलाई मेरो उपचार गर्न जान दिनोस, दाईलाई समात्नुस भन्दै आग्रह गर्दै बिन्ती बिसाई रहे तर राजेशको कुरा मान्दै आएका सई (ईन्चार्ज) नागेश्वर यादवले  श्रृष्टिको कुरा एक सुनेन । कुट्ने मानिसलाई पक्राउ गर्नु कता हो कता बरु पिडितलाई नै झन पिडित बनाए । 

श्रृष्टि नारायण मिश्र


त्यसपछि करीब ५ घण्टा पछि मात्र रगत बगिरहेका श्रृष्टि नारायणलाई उपचारका लागि जलेश्वर अस्पताल लगियो । त्यहाँ उपचारका लागि भर्ना भए । 

दुई भाईको झगडा छुटाउन गएका स्थानिय सुवोध मिश्र लाई बिहान पल्ट जिल्ला प्रहरी कार्यालय महोतरीले अनुसन्धानका लागि सोधपुछ गर्नु छ भन्दै जलेश्वर बोलाए । प्रहरी कार्यालयमा हाजिर हुन गएका बुबा सुवोध मिश्र   र छोरा सुजित मिश्रलाई सोधपुछको बहानामा २४ घण्टासम्म प्रहरीले थुनेर राखे । जबकी छोरा सुजित घटनाका दिन गाउँमै थिएनन । यस घटनामा प्रहरी कार्यालयमा थुन्न लगाउने प्रदेश नंं. २ का राजपाका एक राज्यमन्त्री रहेको पिडितहरुको भनाई छ । राज्यमन्त्रीले राजेश मmाको ईशारामा थुन्न लगाएको बताएका छन ।

उता ४ दिनको उपचारपछि श्रृष्टि नारायणलाई जलेश्वर अस्पतालले थप उपचारका लागि जनकपुर अँचल अस्पताल रेफर गरे । रेफर गरेपछि श्रृष्टि नारायणका श्रीमती ३० हजार नगद लिई श्रीमानको उपचार र प्रहरीमा उजुरी दिनका लागि जलेश्वर जाँदै गर्दा राजेश झाले पुनः घटना पश्चात विदेशबाट आएका जय नारायणका छोरालाई उक्साई उसको श्रीमतीलाई रोक्न र पिट्न पठाए । जय नारायणका छोरा गणपति भन्ने बलराम मिश्रले स्थानिय २ जना अरु केटालाई लिएर गाउँ बाहिर रहेको बोर्डिङ भन्ने स्थानमा श्रृष्टि नारायणको श्रीमतीको बाटो छेकेर गाउँ फिर्ता जा, उजुरी गरीस भन्ने मार्छु भन्दै लटठीले कुटपिट गर्न थाले । कुटपिट पश्चात घाइते भएर भुईमा ढलेकी काकीलाई मरणासन्न हुने गरी कुटपिट गरेर उनीसँग भएको मँगलसुत्र र नगद ३० हजार समेत लुटी गाउँ फर्की भन्दै तिनीहरु त्यहाँबाट गए । 

गणपति भन्ने बलराम मिश्र


पछि ती घाईते महिलाले फोन गरी आफ्ना एक आफ्न्तलाई बोलाए । त्यसैले मोटरसाईकलमा राखी उपचारका लागि जलेश्वर अस्पताल लगे । यता आफु र आफ्नो श्रीमतीको उपचार गराई मेडिकल केस बनाई प्रहरीमा दाजु, भाउजु र भतिजोको बिरुद्ध प्रहरीमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता गर्न मानेनन । हामी सबै कुरा बुझेर मात्र मुद्धा दर्ता गर्छौ भन्दै कुरो अल्मलाए । यता, दर्ता नगर्दा उनीहरु पक्राउ नपर्ने र झगडा छुटाउन गएका निर्दोष व्यक्ति सुवोध मिश्र र सुजित मिश्रलाई प्रहरीले अनाहकमा पक्राउ गरेको खबर पाए लगत्तै आफुहरुलाई पनि पक्राउ गर्ने आशँकामा दुवै जना जनकपुरमा आफन्तकोमा आएर लुकीछिपी बस्दै थप उपचार गराउँदै आएका थिए ।

उता, गाउँमा राजेश झाले यस घटनामा अर्का एक जना व्यक्ति हृदय नारायण  ठाकुरको नाम पनि मुछ्न जय नारायणलाई उक्साए । कारण के थियो भने राजेश झा ले करीब ७ बर्ष अगाडी ठाकुरको गाउँमा रहेको घर तोडफोड गराई सामानहरु लुटी लगेको, सम्पति, घर बगैचाहरुमा सम्पति कब्जा गरिएको भनेर बोर्डहरु रोशन ठाकुर मार्फत झुण्ड्याउन लगाएका थिए । राजेशको ईशारामा रोशनले केही बाँकी नराखेपछि पिडित हृदय नारायण ठाकुरले त्यस बखत जिल्ला प्रशासनमा उजुरी गरी न्याय पाउन सफल भएका थिए । त्यसैको रिसीबी राखी ठाकुरलाई फेरी फसाउनुपर्छ भन्दै जय नारायणलाई उक्साए । बरु तिमीलाई म आफ्नो सोर्स फोर्स लगाई बचाउँछु । मसँग पावर र पैसा दुवै छ भन्दै उक्साए । र हृदय नारायण ठाकुरलाई गाउँ पस्न नदिनु, पसे ज्यानले मारिदिनु भन्दै जय नारायणका छोरा गणपति, रोशन ठाकुर लगायतलाई अह्राएका छन । र त्यस झगडाका प्रत्यक्षदर्शीका रुपमा रहेका ठाकुरले फेरी श्रृष्टि नारायणलाई न्याय दिलाउन सक्छ भन्दै ठाकुरलाई नै यस घटनाका मुख्य योजनाकार रहेको भन्दै फसाउनु पर्छ भन्दै योजना बनाए र गाउँभरि हल्ला फैलाए । तर झगडाका बखत अन्य प्रत्यक्षदर्शाीहरुले निर्दोषलाई फँसाउन नहुने तर्क गरेपछि चुप लाग हामीले जे भन्छौ त्यै प्रहरी सामु बोल्नु नत्र तेरो पनि यही हबिगत हुन्छ भन्दै थर्काउँदै चुप गराउँदै आएका छन । 

गाउँमा राजेश झाको डरले मानिसहरु उसको बिरुद्धमा बोल्न समेत डराउँछन । किनकी उ बिरुद्ध बोल्ने व्यक्तिहरुलाई कुटपिट गराउने, ईलाका प्रहरी बाट थुन्न लागउने र पछि आफै छुटाउने जस्ता कृयाकलापहरु यस अघिबाट नै गर्दै आएका छन । ७ बर्ष अगाडि साधारण हैसियतका रहेका राजेश अचानक अरबौपति भएपछि पावर र पैसाको दुरुपयोग गर्दै आएका छन । उसको डरले पुरा गाउँ नै थर्कमान भएको छ ।

यता कुटपिट र ज्यानको डरले हृदय नारायण ठाकुर घटना पश्चात गाउँ जान छोडेका छन । तर ठाकुरका छोरा ब्रम्हानन्द ठाकुर जो प्रदेश प्रमुखका सल्लाहकार समेत छन आफ्ना आमालाई लिएर मंसीर ८ गते गाउँ गएका थिए । प्रेस सल्लाहकार गाउँमा जाने बित्तिकै राजेश झा र रोशन ठाकुरले ठाकुरलाई पिछा गरेका थिए । त्यसपछि राजेश झाले ५÷७ जना युवाहरुलाई ठाकुरमाथि आक्रमण गर्न अहएका थिए । सोही बमोजिम युवाहरुले शुरुमा ठाकुरको घर घेर्न शुरु गरेका थिए । आफुमाथि आक्रमण हुन सक्ने आशँका भएपछि ठाकुरले प्रदेश प्रमुखको कार्यालय मार्फत महोत्तरीको एसपीलाई घटनाका बिषयमा जानकारी गराएका थिए । 

यता, गाउँमा किन आएको भन्दै गणपति मिश्र सहित उक्त युवाहरुको समुहले प्रेस सल्लाहकार ठाकुरलाई घेरा हाली लट्ठीले कुट्न खोज्दा महोत्तरीको एसपीको निर्देशनमा ईलाका प्रहरी कार्यालयका प्रहरी घटनास्थल पुग्ने बित्तिकै युवाहरुको सो समुह तत्कालका लागि भागेका थिए । 

तर प्रहरी गईसकेपछि पुनः लट्ठी बोकेर बसेका युवाहरु आक्रमण गर्ने योजनाका साथ गाउँको निकासद्धारमा लुकेर बसेका थिए । यता, प्रेस सल्लाहकार ठाकुर केही घटना घट्न सक्ने आशँकामा सीधा ईलाका प्रहरी कार्यालय पुगी घटनाका बिषयमा सम्पुर्ण जानकारी गराएका थिए ।

यता लुकीछिपि बस्दै आएका घटनाका पिडित श्रृष्टि नारायणको उजुरी जिल्ला प्रहरी कार्यालयले लिन नमाने पछि न्यायका लागि महोतरी अदालतमा यही मंसीर १२ गते मुद्धा दर्ता गराएका थिए । 

उता गाउँमा राजेश झाले जय नारायणलाई भाई श्रृष्टि नारायण, भाई बुहारी र हृदय नारायण ठाकुरलाई थुनामा राख्न लगाउने अभिप्रायले एकतर्फी रुपमा मंसीर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन उनीहरुसँग आफ्नो मानिस पठाए । प्रहरी त्यतिबेला पिडित श्रृष्टि नारायणको उजुरी दर्ता गरेनन तर यिनको उजुरी प्रहरीले तुरुन्त दर्ता गरे । 

यता यतिका दिनसम्म प्रहरीले आफुलाई पक्राउ नगरेपछि आफुलाई न्याय मिल्ने आशाका साथ श्रृष्टि नारायण मंसीर २१ गते आफ्नो गाउँ फर्के । गाउँ फर्के लगतै बिहान पल्ट मंसीर २२ गते राजेश झाको ईशारामा ईलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरीले श्रृष्टि नारायणलाई सोधपुछ गर्नु छ भन्दै घरबाटै समातेर लगे । श्रृष्टिलाई फेरी ७ घण्टा ईलाकामा राखियो । तत्पश्चात जिल्लामा लगियो । उता जिल्लामा लगिएकै साँझ राजेश झाको घरमा पक्राउ गरिएको विजय उत्सव पार्टी राखियो । पार्टीमा इलाका प्रहरी कार्यालयका सई, राज्यमन्त्री सहितको सहभागिता रहेको स्थानियहरुले जानकारी गराए ।

उता, श्रृष्टि नारायण लाई प्रहरीले थुनामा कैद गर्यो । कसैसँग भेट्न दिईएन । न्यानो ज्याकेट लिएर भेट्न जाने मानिसलाई भेट्न दिईएन । थुन्नु पर्ने कारण कसैलाई भनिएन । त्यसको बिहान पल्ट अदालतबाट ७ दिनको म्याद थप गराई प्रहरीले पुन श्रृष्टि नारायणलाई थुनामा राख्यो । त्यसपछि पुनः ७ दिनको अदालतबाट म्याद थप गरी थुनामा राखेको छ । निर्दोष व्यक्ति जो आफु र आफ्नो श्रीमती समेत कुटाई खाएको छ । त्यसलाई थुनामा राखियो तर जसले पिटे त्यो छाती फुलाएर बाहिर अरुलाई कुट्दै घुमिरहेका छन । यसबाट पिडकसँग प्रहरी प्रशासनको प्रत्यक्ष मिलोमतो रहेको छ भनी छर्लङ हुन्छ । 

यसपछि जिल्लाबाट आएको टोलीले गाउँमा गई श्रृष्टि नारायणको श्रीमतीलाई समेत समातेर थुन्ने मनसायले दिनको ४ पटक गाउँ धाउँछन तर उसको श्रीमती पक्राउको डरले गाउँ छोडेको भन्ने स्थानियको भनाई छ । त्यस्तै, गाउँमै नरहेका हृदय नारायण ठाकुरलाई पनि प्रहरीले खोज्दै आएको जानकारीमा आएको छ । यता प्रहरीले पक्राउ गरेकालाई अदालतमा हाजिर नगराई देशद्रोही को जस्तो अमानविय व्यवहार गर्दै पटक पटक म्याद थप गरी थुनामा राख्नुले प्रहरीको न्याय प्रणाली प्रति शँका उब्जीन्छ । एस पी लाई पनि जानकारी नभएको होईन तर घटनामा पिडकलाई भन्दा पिडितहरु र निर्दोशहरुलाई नै प्रहरीले गर्दै आएको घरपकडको कार्य निन्दनिय छ ।

तसर्थ यस घटनामा सँचारकर्मी साथीहरुले गम्भीरता देखाई प्रहरी प्रशासनलाई सत्यको बाटोमा डोरयाउन सहयोग गर्न सम्पुर्ण पत्रकार साथीहरुमा अनुरोध छ । साथै प्रशासनले पनि आफ्नो कर्तव्यको पालना कानुन बमोजिम गर्नु आवश्यक देखिन्छ । निर्दोशमाथि गरिएको दमन छिट्टै बन्द होस ।

ज्ञातव्य होस अहिले पनि पिडित श्रृष्टि नारायण प्रहरी हिरासतमा रहेका छन ।



अपडेट........

पुष ५ गते बल्ल १३ औं दिनमा श्रृष्टि नारायण मिश्रलाई प्रहरीले बयानका लागि अदालतमा उपस्थित गरायो । यस बिचमा प्रहरीले गाउँमा नगईकनै प्रहरी कार्यालयमा बसेरै सहरजमिन मुचुल्का तयार गर्यो । र हातहतियार खानतलाशी जस्ता कागजातहरु जय नारायणलाई मजबुत बनाउने आधारहरु तयार पारे । त्यसपछि श्रृष्टि नारायणलाई अदालतमा उपस्थित गराएकै दिन अदालतले २० हजार धरौटीमा उनलाई रिहा गरे । रिहा गरेको दिन बिहिबार रहेको र त्यस मुद्धामा हृदय नारायण ठाकुरको नाम पनि रहेकोले आईतबार अदालतमा उपस्थित हुने निर्णय गर्यो । यता गाउँमै नरहेको अवस्थामा पनि कर्तव्य ज्यान मार्ने मुद्धामा हृदय नारायण ठाकुरलाई फँसाई यही पुष ६ गते शुक्रबारका दिन बलराम मिश्र आफैले हृदय नारायण ठाकुर जनकपुरस्थित आफ्नो घरबाट निस्केको बेला  घोक्रयाएर समाती ईलाका प्रहरी कार्यालय जिरोमाईल समक्ष पक्राउ गराएको थियो । त्यसपछि महोतरी प्रहरीले हथहडी लगाएर जलेश्वर स्थित २ दिन थुनामा राखेको बेला बलराम मिश्र गाउँमा गएर पक्राउ गराएको उपलक्ष्यमा भोज भतेर गरी जुठो भोजको पात र मासु तथा हाडको टुक्राहरु हृदय नारायण ठाकुरको  गाउँमा रहेको निर्माणधिन घरमा फाली घरमा रहेको ८ बोरा धान चोरी गरेर लग्यो । यस घटनाको बिषयमा ठाकुरले तत्कालै प्रहरी निरिक्षक बिज्ञान बस्नेतलाई जानकारी गरायो ।

त्यस पछि पुष ८ गते  ठाकुर घटनामा दोषी नरहेको बयान दिएपछि सम्मानित जिल्ला अदालत महोतरीबाट बिना धरौटीमा साधारण तारेखमा रिहा भए ।  गाउँमा बलराम मिश्रले गरेको चोरीको बिषयमा पुनः प्रहरी निरिक्षकलाई जानकारी गराउँदा निरिक्षक बस्नेतले ईलाकालाई घटनास्थलको बिषयमा बुझ्न अह्राए । ईलाका गाउँमा पुगी घटनास्थलको बिषयमा बुझेर तस्वीर समेत खिचेर लगे । त्यसपछि ठाकुरले जिल्लामा चोरी भएको धान बरामद गरी चोरलाई कारबाही गरी पाउँ भनी निवेदन दर्ता गराए तर प्रहरी निरिक्षक बस्नेतले बलरामलाई जिल्ला बोलाई ठाकुरसँग मिलापत्र गर्न सुझाव दिए । चोरी गरेपछि के को मिलापत्र ? चोरलाई समाती कारबाही गरी धान दिलाउनुस ठाकुरले भने तर प्रहरी निरिक्षक बस्नेत केही गर्न सकेनन । बरु ईलाकालाई घटनाको प्रतिवेदन पेश गर्न भने । चोरको बिषयमा किटानी जाहेरी दिँदा समेत चोरलाई नसमात्नु प्रहरीको काम कारबाही माथि शँका उब्जिन्छ । यता , ईलाकाले प्रतिवेदन बनाउनु भन्ने पत्र बुझी गाउँमा गएर राजेश झा सहितसँग छलफल गरी बलराम सो दिन गाउँमै नरहेको प्रतिवेदन बनाउन सल्लाह गरे । यता, प्रहरी प्रशासन समक्ष ठाकुरले मलाई गाउँ जाने बाताबरण बनाई दिनुस भन्दै शान्ति सुरक्षाको लागि निवेदन पनि दिएका छन । तर प्रहरीले त्यसको पनि कुनै वास्ता गरेका छैनन । यता गाउँमा बलराम मिश्रले रक्सी सेवन गरी गाउँ भरि घुमेर ठाकुर तथा त्यसका छोराहरुलाई गाउँ छिरे ज्यान मार्छु भन्दै आईरहेका छन । त्यस्तै , प्रहरी प्रशासन मेरो मुट्ठीमा छ । मैले तल देखि माथिसम्म सबैलाई किनिसकेको छु भन्दै आईरहेको छ । साथै आवश्यक परे गृहमन्त्रीलाई पनि पैसा खुवाउँछु भन्दै गाउँमा उत्श्रृखँल गतिविधी गर्दै आईरहेको छ ।

ज्ञातव्य होस यसअघि बलराम मिश्रले आफ्नी काकाीलाई कुटपिट गर्दा प्रहरीले केही गरेनन, चोरी गर्दा केही गरेनन । त्यसैले मिश्रको मनोबल बढ्दै गईरहेको छ ।



Monday, November 26, 2018

प्रदेश प्रमुखको प्रेस सल्लाहकार माथि आक्रमणको प्रयास


मंसिर १०, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुखको प्रेस सल्लाहकार माथि शनिबार केही युवाद्धारा भौतिक आक्रमणको प्रयास गरिएको छ ।


प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुर आफ्नै गाउँ पिपरा गाउँपालिका वडा नं. १ को एकरहियामा आफ्नो आमालाई पुर्याउन जाँदा आक्रमणको प्रयास गरिएको हो ।


गाउँकै राजेश झाको नेतृत्वमा गएको केही स्थानिय युवाहरुले हातमा लट्ठी लिएर ठाकुरलाई घेरा हाली आक्रमणको प्रयास गरेका छन । प्रेस सल्लाहकार गाउँमा जाने बित्तिकै राजेश झाले ठाकुरलाई पिछा गरेका थिए । त्यसपछि राजेश झाले ५÷७ जना युवाहरुलाई ठाकुरमाथि आक्रमण गर्न अहएका थिए । सोही बमोजिम युवाहरुले शुरुमा ठाकुरमो घर घेर्न शुरु गरेका थिए । आफुमाथि आक्रमण हुन सक्ने आशँका भएपछि ठाकुरले महोत्तरीको एसपीलाई फोन गरी घटनाका बिषयमा जानकारी गराएका थिए । 
गणपति मिश्र

यता, गाउँमा किन आएको भन्दै गणपति मिश्र सहित उक्त युवाहरुको समुहले ठाकुरलाई घेरा हाली लट्ठीले कुट्न खोज्दा महोत्तरीको एसपीको निर्देशनमा ईलाका प्रहरी कार्यालयका प्रहरी घटनास्थल पुग्ने बित्तिकै युवाहरुको सो समुह तत्कालका लागि भागेका थिए । 

गणपति मिश्र

तर पछि प्रहरी गईसकेपछि पुनः युवाहरु आक्रमण गर्ने योजनाका साथ गाउँको निकासद्धारमा लुकेर बसेका थिए । यता, प्रेस सल्लाहकार ठाकुर केही घटना घट्न सक्ने आशँकामा सीधा ईलाका प्रहरी कार्यालय पुगी घटनाका बिषयमा सम्पुर्ण जानकारी गराएका थिए ।

पिडित श्रृष्टिी नारायण मिश्र
उक्त गाउँमा ठाकुरका बुबाले पार्टीको सदस्यता बितरण गरेको भन्दै गाउँकै राजेश झाले कार्तिक १६ गते दिउँसो १ बजे स्थानिय दुई दाजु भाई कुटाकुट गराएको थियो । पछि कुटाकुट गराउने ठाकुरका बुबा रहेको भन्दै अनर्गल प्रचारबाजी गरेर प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुर लगायत उनका परिवारलाई समेत गाउँमा पस्न नदिने र पसे आक्रमण गराउने योजनाका साथ ठाकुरमाथि आक्रमण गराउन खोजिएको थियो । तर आक्रमणको प्रयास असफल भएको छ । 


त्यही दुई दाजुभाईको झगडा छुटाउन गएका पार्टीका अर्का सदस्य सुवोध मिश्र र उनका छोरालाई राजेश झाले फोन गरी प्रशासन मार्फत २४ घण्टासम्म थुनामा राख्न लगाएका थिए । भने झगडाको उजुरी गर्न प्रहरी कार्यालय हिँडेका पिडितकी श्रीमतीमाथि पनि राजेश झाले युवाहरु खटाएर आक्रमण गराएको पिडित श्रृष्टिी नारायण मिश्रले बताएका छन ।

ती दुई दाजु भाई बिच पहिले देखि नै जग्गा सम्बन्धि विवाद पनि रहेको बुझिएको छ । त्यही मौकाको फाईदा उठाउँदै कुटाकुट गराएको स्थानियको भनाई छ ।

Friday, November 16, 2018

जलेश्वर स्वर्गद्धारीको सरसफाईमा सहयोगी हात बढ्दै

३० कार्तिक, जनकपुरधाम । सफाई अभियानी तथा पत्रकार ध्रुब झाले महोत्तरीको जलेश्वरमा जारी राखेको सरसफाई अभियानलाइ प्रोत्साहित गर्न जनकपुरधामका युवा तथा अभियानीहरु सक्रिय भएका छन ।



सफाई अभियानी ध्रुव झाले एक्लैले शुरु गरेको जलेश्वरको स्वर्गद्धारी को सरसफाईमा थप सहयोगी हातको रुपमा जनकपुरधामका सरसफाई अभियानीहरु शुक्रवार बिहान जलेश्वरको स्वर्गद्वारीमा सरसफाइ कार्यक्रम गरेका छन । उक्त सरसफाई कार्यक्रममा स्वच्छता अभियानी दिपक ठाकुर, युवा नेता सरोज मिश्र, स्वच्छता अभियानी धिरेन्द्र कुमार, कयुम भाइ, ईश्वर साह, शंकर चौधरी, सेभ जलेश्वरका अभियानी, जलेश्वर बासी तथा दामोदर स्कुलका बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।



स्मरणिय रहोस धु्रव झा यस अघि जनकपुरधाम स्थित गँगासागर सरसफाईमा समेत आफ्नो सक्रिय योगदान दिएका थिए ।

जनकपुर स्थित समशान घाटको समाजसेवी पवन सिँहानियाद्धारा सरसफाई गरी स्वर्गद्धारी नामाकरण गरेपश्चात यस क्षेत्रमा सरसफाई तथा समाजसेवा गर्ने  भावना ओतप्रोत भएको बुझिन्छ । यस पश्चात जनकपुरधामको चर्चित पोखरी गँगासागर लगायत धनुषा महोतरीका बिभिन्न स्थलहरुको सरसफाई तथा समाज सेवा गर्ने लहर चलेको छ ।

यस किसिमको समाजसेवाको भावना तथा सरसफाईमा सक्रिय अभियानीहरुबाट सबैले पाठ सिक्नुपर्ने देखिन्छ ।




Sunday, October 28, 2018

प्रदेश प्रमुख कायस्थद्धारा चिन्ता व्यक्त

१० कात्तिक, जनकपुरधाम ।  प्रदेश नं. २ का बिद्यार्थीहरुलाई अध्ययनका लागि अन्यत्र जानु परेकोमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले चिन्ता व्यक्त गर्नुभएको छ ।


गुणस्तरीय शिक्षाको अभावमा स्तरीय शिक्षा पाउन नसक्दा विद्यार्थीहरु प्रदेश नं. २ बाट पलायन हुने क्रम बढिरहेको भन्दै प्रमुख कायस्थले चिन्ता व्यक्त गर्नुभएको हो । आफ्नै प्रदेशको स्कुल ,कलेजहरुमा गुणस्तरीय शिक्षा पाउन सके विद्यार्थीहरु नेपालका अन्य प्रदेश लगायत विदेशमा गएर अध्ययन गर्नुपर्ने बाध्यता हट्ने वहाँले बताउनुभएको छ । साथै यसबाट ठुलो रकम बिदेशिनबाट जोगिने पनि वहाँले धारणा राख्नुभएको छ ।

जनकपुरधाम स्थित सर्वौदय ल एण्ड म्यानेजमेण्ट स्कुलको उद्धघाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कायस्थले प्रदेशमा शिक्षा लगायत हरेक क्षेत्रका लागि यसपटक राम्रो कार्यक्रम ल्याईएकोले बिभिन्न क्षेत्रमा बिकास तथा सुधारको सम्भावनाहरु रहेको पनि बताउनुभएको छ ।

उहाँले प्रदेश नं. २ मा सर्वोदय विद्यालयद्धारा सँचालन हुने ल को अध्ययन अध्यापनका लागि बिद्यालयका सँस्थापक ब्रजेन्द्र मिश्रलाई शुभकामना तथा बधाई समेत दिनुभएको छ ।

त्यस्तै, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा ले प्रदेश नं. २ मा अन्य प्रदेशको तुलनामा बिद्यार्थीहरुको साक्षरता दर एकदमै न्युन रहेको बताउनुभएको छ । कानुनी पढाईका लागि प्रदेश सरकारले सहजकर्ताको भुमिका निर्वाह गर्ने समेत उहाँले बताउनुभएको छ । यस प्रदेशका शिक्षकहरु अन्य प्रदेशमा गएर अध्यापन गराउँदै आएको तर यसै प्रदेशमा साक्षरता दर कम भएकोमा आफु आश्चर्य चकित भएको झा को भनाई थियो ।

कार्यक्रममा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झाले जनकपुरधाममा ल को अनुमति दिलाउन आफ्नो अहम योगदान रहेको बताएकी थिईन  । त्यस्तै, एन प्याबसनका केन्द्रिय अध्यक्ष रितु राज सापकोटाले प्रदेश २ को अस्तित्वलाई केन्द्र सरकारले स्वीकार्न नसक्दा आफ्लाई दुख लागेको बताउनुभएको छ ।

Thursday, October 18, 2018

दशमीक आई नवमी दिन, माता सिद्धिदात्रीक पूजा भरहल


१ कात्तिक, जनकपुरधाम । हिन्दुसबहक महान पावनि दशमीक आइ नवमी दिन जनकपुर सहित नेपाल भारतक बिभिन्न स्थानमे आइ माता सिद्धिदात्रिके पुजा भऽ रहल अछि ।


पुजा करय लेल आइ भिन्सरेसँ बिभिन्न शक्तिपिठ, उच्चैठ तथा दुर्गा मन्दिरसबमे श्रद्धालुसबहक भिड देखल गेल अछि । आइ शक्ति स्वरुपा माता सिद्धिदात्रिके बिभिन्न मठ मन्दिर तथा गाम गामसँ शहरधरि पुजा कएल जा रहल अछि । आजुक दिन दुर्गा मन्दिर सहित लोकसब अपन अपन घरमे सेहो माता सिद्धिदात्रिके बिभिन्न मन्त्रोच्चारण सहित पुजा पाठ केलनि अछि ।


एम्हर, राजा जनकके कुलदेवीके रुपमे रहल तथा जनकपुरक प्रमुख शक्तिपीठके रुपमे जानल जाएवला राजदेवी मन्दिरमे अष्टमीक काल्हि बुध दिन १४ हजार ९ सय ९७ खसीक बली देल गेल अछि । बितल वर्षक तुलनामे अहि वर्ष २ हजार ६ सय ९० बली बेसी प्रदान कएल गेल अछि । बितल बर्ष १२ हजार ३ सय ७ बली प्रदान कएलगेल छल । बुधके साँझ करिब साढे सातबजेसँ शुरु भेल बोकाबली भिन्सर ३ बजेधरि चलल छल । अहिना आइ सेहो बिभिन्न ठाममे बली देल जाऽ रहल अछि ।

दशमीमे गाम गामसँ शहरधरि बिभिन्न ठाममे माता दुर्गाक माटि क प्रतिमा बना पुजा पाठ कएल जा रहल अछि । अहि वास्ते श्रद्धालुसबहक जनकपुरक राजदेवी मन्दिर सहित नेपाल भारतक बिभिन्न दुर्गा मन्दिरसबमे बिशेष भिड देखल जा रहल अछि । 

राक्षस महिँसासुरक नष्ट केने माता दुर्गाके दशमीक दशो दिन बिभिन्न  ९ टा स्वरुपक पुजा कएल जाति अछि ।

Tuesday, October 16, 2018

राष्ट्रपती भण्डारी तथा प्रदेश प्रमुख कायस्थ बिच भेटवार्ता

असोज ३०, काठमाण्डौ । आज मंगलवार बिहान राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थ बिच शिष्टाचार भेटवार्ता भएको छ ।



मँगलबार बिहान ८ः१५ बजे राष्ट्रपति भण्डारीसँग भएको सो भेटवार्ताका क्रममा प्रदेश नं. २ का समसामायिक पक्षका बिषयमा कुराकानी भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताउनुभएको छ ।

प्रदेश २ का साँस्कृतिक एवं धार्मिक स्थलहरुको भ्रमण, दलित एवं विपन्न वर्गको उत्थान, प्रदेश प्रमुखको कार्यालयलाई मर्यादित एवं ब्यवस्थित बनाउने, प्रदेश संचालनमा आइरहेका समस्याहरुका बिषयमा कुराकानी भएको बताईएको छ ।

राष्ट्रपति भण्डारीसँग भएको भेटघाटको क्रममा एक आपसमा बडा दशैको शुभकामनाको आदान प्रदान समेत भएको थियो ।

बडा दशैको अवसरमा अति ब्यस्तताका बाबजुद भेटवार्ताका लागि अवसर प्रदान गर्नु भएकोमा प्रदेश प्रमुख कायस्थले राष्ट्रपति भण्डारीलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

Friday, October 12, 2018

प्रदेश प्रमुख कायस्थद्धारा विधेयक प्रमाणिकरण



असोज २६, जनकपुरधाम । प्रदेश नं. २ मा शुक्रबार एउटा बिधेयक प्रमाणिकरण गरिएको छ ।



प्रदेश नं. २ को विपद व्यवस्थापन विधेयक, २०७५ लाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आज प्रमाणिकरण गर्नुभएको छ ।

प्रमुख कायस्थले यस अघि असोज २४ गते आकस्मिक कोष विधेयक २०७५, असोज २५ गते मुख्य न्यायाधिवक्ताको काम, कतएव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७५ प्रमाणिकरण गर्नुभएको हो ।

अहिलेसम्म प्रदेश नं. २ मा कुल १३ वटा विधेयकहरु प्रमाणिकरण भईसकेका छन । यसरी प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका विधेयकहरु ऐन बन्दछ ।

Thursday, October 11, 2018

दशमीक आई दोसर दिन, ब्रम्हचारिणीके पुजा कएल जा रहल

आसिन २५, जनकपुरधाम । हिन्दुसबहक महान पावनि दशमीक आई दोसर दिन माता ब्रम्हचारिणीके पुजा कएल गेल अछि ।

दशमीक काल्हि पहिल दिन कलस्थापना अर्थात कलशके स्थापना कएल गेल छल त आइ माता ब्रम्हचारिणीके पुजा कएल गेल अछि । राक्षस महिँसासुरक नष्ट केने माता दुर्गाके दशमीक दशो दिन बिभिन्न ९ टा स्वरुपक पुजा कएल जाति अछि ।

आजुक दिन उच्चपिठ, शक्तिपिठ तथा दुर्गा मन्दिर सहित लोकसब अपन अपन घरमे सेहो माता ब्रम्हचारिणीके पुजा केलनि अछि ।

दशमीमे गाम गामसँ शहरधरि बिभिन्न ठाममे माता दुर्गाक माटि क प्रतिमा बना पुजा पाठ कएल जा रहल अछि । अहि वास्ते श्रद्धालुसबहक जनकपुरक राजदेवी मन्दिर सहित नेपाल भारतक बिभिन्न दुर्गा मन्दिरसबमे बिशेष भिड देखल जा रहल अछि ।

असहाय संरक्षण मंचद्धारा सहयोग प्राप्त


असोज २५, जनकपुरधाम । बिभिन्न समयमा असहायहरुलाई बिभिन्न किसिमले सहयोग गर्दै आएको असहाय संरक्षण मंच धनुषाले बिहिबार पुनः एक जनालाई सहयोग प्रदान गरेका छन ।



मँचद्धारा धनुषाको धनौजी गाउँपालिका बहुअर्वा निवासी बिरेन्द्र ठाकुरको १५ बर्षिय छोरा कमल ठाकुरलाई व्हिल चेयर प्रदान गरी सहयोग गरिएको छ । मंचका अध्यक्ष बैद्यनाथ साहका अनुसार जन्मैदेखि अशक्त रहेका ठाकुरलाई सफाई अभियन्ता दिपक ठाकुरको सहयोगमा मँचद्धारा सो सहयोग प्रदान गरिएको हो ।

यस अघि पनि पटक पटक बिभिन्न असहाय ब्यक्तिहरुलाई मँचले बिभिन्न समयमा यस किसिमको सहयोगहरु गर्दै आएको छ ।

Tuesday, October 09, 2018

बडा दशैको अवसरमा प्रदेश प्रमुखको शुभकामना


असोज २३, जनकपुरधाम । हिन्दुहरुको महान चाड बिजया दशमीको अवसरमा प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शुभकामना दिनुभएको छ ।


बडा दशै २०७५ को सुखद अवसरमा प्रदेश नं. २ का साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । साथै उहाँले यस चाडपर्वले धार्मिक, सांस्कृतिक, जातिय तथा भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव र आपसी भाईचारा कायम गर्न सकोस् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।




Saturday, October 06, 2018

विजया दशमीको अवसरमा प्रदेश प्रमुखद्धारा शुभकामना व्यक्त

ब्रम्हानन्द ठाकुर
असोज २०, जनकपुरधाम । विजया दशमीको अवसरमा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

विजया दशमीको अवसरमा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रदेश प्रमुख कायस्थले विजया दशमी, दिपावली तथा छठ पर्व २०७५ को अवसरमा प्रदेश नं. २ का साथै स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुख शान्ति, समृद्धि, सदभाव तथा आपसी भाईचारा कायम रहोस भनी शुभकामना व्यक्त गर्नुभएको हो । 


प्रदेश प्रमुखको कार्यालयद्धारा आयोजित उक्त कार्यक्रममा प्रदेश २ का  मन्त्रीहरु, साँसदहरु, बिभिन्न सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरु, नागरिक समाज , समाजसेवी, राजनितीकर्मी तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।



Tuesday, September 18, 2018

बाटो मिच्दै वडाध्यक्षद्धारा एकतर्फी बाटो निर्माण (भिडियो सहित)


२ असोज, जनकपुरधाम । जनकपुर उपमहानगरपालिका वडा नं. ७ स्थित जिरोमाईल देखि दक्षिण र नयाँ बसपार्कदेखि पुर्वको वस्तीमा वडाध्यक्ष जानकी राम साहले एकतर्फी रुपमा बाटो निमार्ण गरेका छन ।


कुनै पनि बाटो निर्माण गर्दा दुईतर्फी रुपमा बराबर जमीनमा बाटो निर्माण कार्य गर्नुपर्ने भएपनि वडाध्यक्ष जस्तो पदमा भएको व्यक्तिले अशोभनिय र अमर्यादित कार्य गर्दै एकतर्फी रुपमा ७ फिटको बाटो कायम गरेका छन ।
उक्त स्थानमा एकापटीको जग्गा स्वँय जानकी राम साहको रहेकोले आफ्नो तर्फबाट १ ईन्च पनि नदिई अर्को तर्फबाट एकतर्फी रुपमा बाटो निर्माण गरेका छन ।  वडाध्यक्ष जानकीरामले आफ्नो जगामा घेरबार गरी पक्की ईटको पर्खाल बाटो मिच्दै लगाएका छन । यसअघि पिडितले कही कतै उजुरी गर्न नपाओस भन्ने मनसायले जानकी राम साहले यही बैशाख १४ गते शुक्रबार राती १० बजेको समयमा धमाधम आफ्नै ट्रयाक्टर लगाई माटो भरी एकतर्फी रुपमा ७ फिटको बाटो निर्माण कार्य गरिदिएका थिए ।


यस सम्बन्धमा पिडितले आईतबार बैशाख १६ गते उपमहानगरपालिकामा बाटो निर्माण रोक्का गरिदिनु वा दुवै तर्फबाट बराबर जग्गा छुटयाई १२ फिटको बाटो निर्माण गर्नू गराउनु भनी निवेदन दिन जाँदा उपमेयर रिता झाले निवेदन दर्ता समेत नगरी अदालत जान भनेकी थिईन । उता, मेयर लाल किशोर साह र उपमेयर झाले वडाध्यक्ष साहलाई बोलाई छलफल पश्चात जानकीरामलाई सम्झाउनुको साटो पिडितलाई नै न्याय नदिई अदालतको बाटो देखाएको थियो ।


पछि पुन बैशाख १९ गते मात्र उपमेयर झाले निवेदन दर्ता गरेपनि आफुले केही गर्न नसक्ने भन्दै पिडितलाई फर्काएका थिए ।


जनताको मतले स्थानिय सरकारका कुर्सी पाएका मेयर, उपमेयर तथा वडाध्यक्षले जनतामाथि नै हैकमवादी चरित्र देखाएको पिडितको भनाई छ ।

Wednesday, May 02, 2018

वडाध्यक्ष जानकीरामको दादागिरी, एकतर्फी रुपमा गरे बाटो निर्माण

१९ बैशाख, जनकपुरधाम । जनकपुर उपमहानगरपालिका वडा नं. ७ स्थित जिरोमाईल देखि दक्षिण र नयाँ बसपार्कदेखि पुर्वको वस्तीमा वडाध्यक्ष जानकी राम साहले एकतर्फी रुपमा बाटो निमार्ण गरेका छन ।

जानकी राम साह
कुनै पनि बाटो निर्माण गर्दा दुईतर्फी रुपमा बराबर जमीनमा बाटो निर्माण कार्य गर्नुपर्ने भएपनि वडाध्यक्ष जस्तो पदमा भएको व्यक्तिले अशोभनिय र अमर्यादित कार्य गर्दै एकतर्फी रुपमा ७ फिटको बाटो कायम गरेका छन ।

उक्त स्थानमा एकापटीको जग्गा स्वँय जानकी राम साहको रहेकोले आफ्नो तर्फबाट १ ईन्च पनि नदिई अर्को तर्फबाट एकतर्फी रुपमा बाटो निर्माण गरेका छन ।  पिडितले कही कतै उजुरी गर्न नपाओस भन्ने मनसायले जानकी राम साहले यही बैशाख १४ गते शुक्रबार राती १० बजेको समयमा धमाधम आफ्नै ट्रयाक्टर लगाई माटो भरी एकतर्फी रुपमा ७ फिटको बाटो निर्माण कार्य गरिदिएका छन । 

यस सम्बन्धमा पिडितले आईतबार १६ गते उपमहानगरपालिकामा बाटो निर्माण रोक्का गरिदिनु वा दुवै तर्फबाट बराबर जग्गा छुटयाई १२ फिटको बाटो निर्माण गर्नू गराउनु भनी निवेदन दिन जाँदा उपमेयर रिता झाले निवेदन दर्ता समेत नगरी अदालत जान भनेकी थिईन । उता, मेयर लाल किशोर साह र उपमेयर झाले वडाध्यक्ष साहलाई बोलाई छलफल पश्चात जानकीरामलाई सम्झाउनुको साटो पिडितलाई नै न्याय नदिई अदालतको बाटो देखाएको छ । 

पछि पुन १९ गते मात्र उपमेयर झाले निवेदन दर्ता गरेपनि आफुले केही गर्न नसक्ने भन्दै पिडितलाई फर्काएका छन । 

जनताको मतले स्थानिय सरकारका कुर्सी पाएका मेयर, उपमेयर तथा वडाध्यक्षले जनतामाथि नै गरेको अन्यायले सम्पुर्ण राजपाका पार्टीमाथि नै प्रश्न चिन्ह खडा गर्दछ । 

facebook Page Like

  • मनोरँजन