Wednesday, May 02, 2018

वडाध्यक्ष जानकीरामको दादागिरी, एकतर्फी रुपमा गरे बाटो निर्माण

१९ बैशाख, जनकपुरधाम । जनकपुर उपमहानगरपालिका वडा नं. ७ स्थित जिरोमाईल देखि दक्षिण र नयाँ बसपार्कदेखि पुर्वको वस्तीमा वडाध्यक्ष जानकी राम साहले एकतर्फी रुपमा बाटो निमार्ण गरेका छन ।

जानकी राम साह
कुनै पनि बाटो निर्माण गर्दा दुईतर्फी रुपमा बराबर जमीनमा बाटो निर्माण कार्य गर्नुपर्ने भएपनि वडाध्यक्ष जस्तो पदमा भएको व्यक्तिले अशोभनिय र अमर्यादित कार्य गर्दै एकतर्फी रुपमा ७ फिटको बाटो कायम गरेका छन ।

उक्त स्थानमा एकापटीको जग्गा स्वँय जानकी राम साहको रहेकोले आफ्नो तर्फबाट १ ईन्च पनि नदिई अर्को तर्फबाट एकतर्फी रुपमा बाटो निर्माण गरेका छन ।  पिडितले कही कतै उजुरी गर्न नपाओस भन्ने मनसायले जानकी राम साहले यही बैशाख १४ गते शुक्रबार राती १० बजेको समयमा धमाधम आफ्नै ट्रयाक्टर लगाई माटो भरी एकतर्फी रुपमा ७ फिटको बाटो निर्माण कार्य गरिदिएका छन । 

यस सम्बन्धमा पिडितले आईतबार १६ गते उपमहानगरपालिकामा बाटो निर्माण रोक्का गरिदिनु वा दुवै तर्फबाट बराबर जग्गा छुटयाई १२ फिटको बाटो निर्माण गर्नू गराउनु भनी निवेदन दिन जाँदा उपमेयर रिता झाले निवेदन दर्ता समेत नगरी अदालत जान भनेकी थिईन । उता, मेयर लाल किशोर साह र उपमेयर झाले वडाध्यक्ष साहलाई बोलाई छलफल पश्चात जानकीरामलाई सम्झाउनुको साटो पिडितलाई नै न्याय नदिई अदालतको बाटो देखाएको छ । 

पछि पुन १९ गते मात्र उपमेयर झाले निवेदन दर्ता गरेपनि आफुले केही गर्न नसक्ने भन्दै पिडितलाई फर्काएका छन । 

जनताको मतले स्थानिय सरकारका कुर्सी पाएका मेयर, उपमेयर तथा वडाध्यक्षले जनतामाथि नै गरेको अन्यायले सम्पुर्ण राजपाका पार्टीमाथि नै प्रश्न चिन्ह खडा गर्दछ । 

facebook Page Like

  • मनोरँजन