Friday, November 16, 2018

जलेश्वर स्वर्गद्धारीको सरसफाईमा सहयोगी हात बढ्दै

३० कार्तिक, जनकपुरधाम । सफाई अभियानी तथा पत्रकार ध्रुब झाले महोत्तरीको जलेश्वरमा जारी राखेको सरसफाई अभियानलाइ प्रोत्साहित गर्न जनकपुरधामका युवा तथा अभियानीहरु सक्रिय भएका छन ।



सफाई अभियानी ध्रुव झाले एक्लैले शुरु गरेको जलेश्वरको स्वर्गद्धारी को सरसफाईमा थप सहयोगी हातको रुपमा जनकपुरधामका सरसफाई अभियानीहरु शुक्रवार बिहान जलेश्वरको स्वर्गद्वारीमा सरसफाइ कार्यक्रम गरेका छन । उक्त सरसफाई कार्यक्रममा स्वच्छता अभियानी दिपक ठाकुर, युवा नेता सरोज मिश्र, स्वच्छता अभियानी धिरेन्द्र कुमार, कयुम भाइ, ईश्वर साह, शंकर चौधरी, सेभ जलेश्वरका अभियानी, जलेश्वर बासी तथा दामोदर स्कुलका बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।



स्मरणिय रहोस धु्रव झा यस अघि जनकपुरधाम स्थित गँगासागर सरसफाईमा समेत आफ्नो सक्रिय योगदान दिएका थिए ।

जनकपुर स्थित समशान घाटको समाजसेवी पवन सिँहानियाद्धारा सरसफाई गरी स्वर्गद्धारी नामाकरण गरेपश्चात यस क्षेत्रमा सरसफाई तथा समाजसेवा गर्ने  भावना ओतप्रोत भएको बुझिन्छ । यस पश्चात जनकपुरधामको चर्चित पोखरी गँगासागर लगायत धनुषा महोतरीका बिभिन्न स्थलहरुको सरसफाई तथा समाज सेवा गर्ने लहर चलेको छ ।

यस किसिमको समाजसेवाको भावना तथा सरसफाईमा सक्रिय अभियानीहरुबाट सबैले पाठ सिक्नुपर्ने देखिन्छ ।




facebook Page Like

  • मनोरँजन