Monday, December 17, 2018

नक्कली नेपाली नागरिकता बनाउने तीन जना पक्राउ

२ पुष, जनकपुरधाम । जनकपुरमा नक्कली नेपाली नागरिकता बनाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली नागरिकता र पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी सहित ४ जना पक्राउ परेको दुई दिनपछि थप ३ जना पनि पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुण कुमार यादव र कार्यालय सहयोगी विरेन्द्र चौधरी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
नीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
यसअघि गत शुक्रवार नक्कली नागरिकता बनाउने गिरोहका चारजना मध्ये जिल्ला प्रशासन कार्यालयकै कार्यालय सहयोगी महाविर मण्डल समेत रहेका थिए । साेसँगै पक्राउ पर्ने कर्मचारीकाे संख्या ४ जना पुगेकाे छ ।
प्रशासनले गिरोहमा कर्मचारी सहित केही जनप्रतिनिधिहरुको समेत संलग्नता हुन सक्ने भन्दै छानबिन प्रक्रियालाई तीब्र बनाएको छ ।

facebook Page Like

  • मनोरँजन