Saturday, February 25, 2017

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजबाट धनुषामा शुरु

१४ फागुन, जनकपुरधाम । धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्न सागर स्थित मठबाट राम जानकीको डोलालाई बिधिवत रुपमा निकाली आजबाट १५ दिने मिथिला माध्यमिकी परिक्रमाको शुरुवात गरिन्छ ।
आज पहिलो दिन मिथिला बिहारीको डोला र राम जानकीको सँयुक्त डोला जनकपुर स्थित हनुमान नगर पुग्नेछ र रातमा बिश्राम गर्नेछन । तत्पश्चात भोली बिहान उक्त डोला सहितको परिक्रमा भारतको कल्ना प्रस्थान गर्नेछन । त्यहाँ भोली रात्रीकालिन बिश्राम भरी साधुसहितको भक्तजनहरुको टोली पर्सी गिरिजा स्थान फुलहर प्रस्थान गर्नेछन । यसरी मठिहानी, जलेश्वर , मडै, धु्रवकुण्ड, हरिणमरी, पर्वता, सतोषर, बिशौल हुँदै पुनः कल्ना पुगी पुन १५ हौ दिनमा उक्त परिक्रमा जनकपुर आउनेछन । त्यसपछि अन्तगृह परिक्रमा जनकपुरमा गरी परिक्रमाको समापन हुनेछ । त्यसको भोलीपल्ट तराईमा होली खेल्ने समेत परम्परा रही आएको छ । मिथिला माध्यिीमीकी परिक्रमामा नेपाल भारतका लाखौ श्रद्धालु भक्तजन , साधु सन्त र बिभिन्न ठाउँका राम जानकीको डोलाहरु पनि सहभागी हुन्छन । यसरी प्रत्येक बिश्राम स्थलमा बृहतर जनकपुर क्षेत्र परिषद तथा बिभिन्न स्थानिय सँघ सँस्थाद्धारा श्रद्धालुहरुका लागि निःशुल्क शिविरहरुको पनि आयोजना गरिएको हुन्छ । त्यस्तै, निःशुल्क खाना र आवासको पनि व्यबस्था गरिएको हुन्छ । बिश्रामस्थलहरुमा रामलीलाको पनि आयोजना हुन्छ भने मेला पनि लाग्ने गर्दछ । मेला हेर्न छिमेकी गाउँहरुबाट स्थानीहरुको निकै भिड लाग्ने गर्दछ । यो परिक्रमा गर्नाले सुख, शान्ति, समृद्धिका साथै बिभिन्न किसिमका मनोकाँक्षा पुर्ण हुने बिश्वास गरिन्छ । साथै यस अवधिका भक्तजनहरुले माछा, मासु, लसुन, प्याज जस्ता वस्तुहरु खानका लागि वार्ने गर्दछन । नेपाल भारत गरी कुल १२७ किलोमिटरको दुरी परिक्रमामा सहभागी श्रद्धालुहरुले तय गर्नुपर्दछ ।

No comments:

Post a Comment

facebook Page Like

  • मनोरँजन