Thursday, December 29, 2011

अमेरिकीहरु ठूला स्तनका शौखिन


एक अध्ययनले अमेरिकी महिला अरुको तुलानामा ठूला स्तनका शौखिन रहेको देखाएको छ । सर्भे अनुसार हरेक वर्ष साढे २ लाख अमेरिकी महिलाले स्तनको साइज बढाउन ब्रेस्ट सर्जरी गराउने गरेका छन् ।

आँकडा अनुसार अमेरिकामा महिलाहरुले औषतमा ३४ वर्षको उमेरमा ब्रेस्ट सर्जरी गराउँछन् र त्यसपछि सयमा ९० प्रतिशतले बच्चा पाएपछि यस्तो सर्जरी गराउने गरेका छन् । अमेरिकामा ब्रेस्ट सर्जरी गराउने महिलाहरुले औषतमा आफ्नो स्तनको साइज २ कपले बढाउँछन् ।

सर्भेले यो कुराको खुलासा पनि गरेको छ की सर्जरी पछि बढाइएको स्तनको आकारप्रति पनि अधिकांस महिला असन्तुष्ट रहने गरेका छन् अर्थात् उनीहरुलाई अझै ठूला स्तन बनाउने चाहना हुन्छ । त्यसैले ६ प्रतिशत महिलाले त एकचोटी स्तनको आकार बढाएपछि पनि चित्त नबुझेर अझै ठूला बनाउन फेरी सर्जरी गराउनगरेका छन् ।

No comments:

Post a Comment

facebook Page Like

  • मनोरँजन