Friday, November 20, 2009

बिबाह पंचमी लेख

बिबाह पन्चमी लेख



मिथिलाको पवित्र भुमि जनकपुर धाममा बिभिन्न समयमा बिभिन्न किसिमको पर्वहरु हर्षोउल्लासका साथ मनाइदै आइरहेको छ । जनकपुरमा मनाइने बिभिन्न पर्वको आ आफ्नै बिशेषता र महत्व छ । तर मँसिर महिनामा पर्ने पर्व राम जानकी बिबाह महोत्सवको भनै निकै ठुलो महत्व रहेको छ । कारण यस पर्वमा भगवान श्रीराम र माता जानकीको बिबाह सम्बन्ध गाँसिएको छ । यस बर्षको बिबाह महोत्सव मँसिर ६ गो हुने भएको छ । पँचमीका दिन बिबाह महोत्सव हुने गरेकोले यसलाइ बिबाह पँचमी पनि भनिन्छ । यस बिबाह पँचमीका अवसरमा उक्त दिन राम र सिताको रुप धारण गरेकाहरुको बिबाह गर्ने चलन रहेको छ । माता जानकीलाइ सिता बैदेही जस्ता बिभिन्न नामले पनि चिनिन्छ । बिबाह पँचमीमा सिता र रामको बिहे हुने भएकोले यस दृश्यलाइ भक्तजनहरु आफ्नो मानसपटलमा उतार्न र भगवानको बिबाहमा सहभागी हुनका लागि नेपाल तथा भारतका बिभिन्न ठाउँबाट टाढा टाढाबाट निकै ठुलो सँख्यामा आउने गर्दछन । यसै कारण जनकपुरधामलाइ एक महिना पुर्वदेखि नै सिँगारिने काम भएको छ । जनकपुर नगर पालिकाले सरसफाई गरेको छ भने जानकी मन्दिरको रङरोगन तिब्र रुपमा गरी जानकी मन्दिरलाइ बेहुली मुै सिँगारिएको छ । यस पर्वमा बिदेशी पर्यटकहरुको पनि ठुलो सख्यामा उपस्थिति हुने गर्दछ । बिबाह पँचमी महोत्सवमा सहभागी हुनका लागि पर्यटक तथा श्रद्धालु भक्तजनहरु ३ दिन अगावै देखि नै आइसकेको छ । यता भारतको अयोध्याबाट पनि महोत्सवमा सहभागी हुन साधु सन्त सहितको जन्तीको टोली पनि बुधबार साँमु नै जनकपुर पुगिसकेका छन । उक्त जन्तीहरु नेपाली भुमिमा प्रवेश गर्ने बितिकै बिभिन्न मठ मन्दिरका महन्थहरु स्थानिय बासी तथा स्थानिय प्रशासनले भब्य स्वागत गरेका थिए । जन्तीहरुलाइ जनकपुरमा कडा सुरक्षाका बिच मारवाडी सेवा समितिको भवनमा बिश्रामको लागि राखिएको छ । यस बर्ष पनि प्रत्येक बर्ष मुै लाखौ श्रद्धालुहरु महोत्सवमा सहभागी हुन जनकपुर आएका छन् । त्यस्तै बिहिबार राम मीन्दरको प्राङणमा महाबिर युवा कमिटिको आयोजना तथा उपराष्ट्रपति परमानन्द मुाको प्रमुख आतिथ्यमा भगवान रामको तिलकोत्सव गरियो । उक्त तिलकोत्सव समारोहमा जानकी मन्दिरबाट राम मन्दिरमा भार कोसेली पठाउने चलन रहे अनुसार यस पाली पनि १ सय ५१ ओटा मिठाइहरुको भार राम मन्दिरमा पठाइएको थियो । त्यस्तै शनिवार बिबाह पन्चमीका दिन राम मन्दिरबाट डेढ सय भन्दा बढी भार जानकी मन्दिरमा पठाउने चलन रहेको छ । यस दिनमा धनुषा तथा महोतरीका बिभिन्न गाउँहरुबाट बिभिन्न किसिमका नाच तथा मुाँखी प्रस्तुत गर्दै जानकी मन्दिरमा आइ जानकी माताको डोला पछि पछि बारह बिग्हा स्थानिय रँगभुमि पुग्ने गरिन्छ । यस क्रममा लाखौ श्रद्धालुहरु पनि डोलाको पछि पछि सहभागी भएका हुन्छन । बारह बिग्हामा सम्पुर्ण श्रद्धालु र श्रीरामचन्द्र र जानकी माताको डोला पुगिसकेपछि ः त्याँहा काठमाण्डौबाट आउने हेलिकप्टरबाट पुष्पबृष्टि गरिन्छ । त्यसपछि बारह बिग्हाबाट पुनः डोला सहितको भीड रामानन्द चौक पिडारी चौक मिल्स एरिया जनक चौक हुँदै नगर परिक्रमा गर्दै जानकी मन्दिरमा आइ परिक्रमा सम्पन्न हुन्छ । जानकी मन्दिरको प्राङणमा सबै जम्मा भएपछि दिउँसो करिब ४ बजे तिरबाट राम र सिताको बैबाहिक कार्यक्रम शुरु हुन्छ । जसमा दुल्हा पक्षका तर्फबाट राम मन्दिरका महन्थ दशरथ बनेका हुन्छन भने बेहुली पक्षका तर्फबाट जानकी मन्दिरका महन्थ सिताको पिता जनक बनेका हुन्छन र बिबाह पश्चात दुबै सम्धिहरु अँकमाल गर्दछन । उक्त बिबाह समारोहमा जानकी मन्दिरको प्राङणमा लाखौको सँख्यामा भक्तजनहरुको घुइचो लागेको हुन्छ । यसरी बिबाह महोत्सव मनाइने गरिन्छ भने यस दिनमा बिभिन्न ठाउँको साधु सन्तहरुको पनि बाक्लै उपस्थिति हुन्छ ।


No comments:

Post a Comment

facebook Page Like

  • मनोरँजन