Thursday, November 11, 2010

छठि

मधेसवासीहरुको महान् पर्व छठ अन्तर्गत आज खरना । चार दिनसम्म चल्ने यो पर्व अन्तर्गत पहिलो दिन बुधवार व्रतालुहरु स्नान गरी शुद्ध भोजन गरेका छन् जसलाई अरबा-अरबाइन खान पनि भन्ने गरिएको छ । यसलाई जीउ शुद्ध गर्ने दिनसमेत भनिन्छ । अरबा-अरबाइनका दिनदेखि व्रतालुले माछा मासु लसुन प्याज कोदो मसुर वस्तु परित्याग गरी व्रत सुरु गर्छन् । यस्तै आज व्रतालु महिलाहरु दिनभरि व्रत बसी साँझमा छठि मैयालाई पुकार गर्दै पुजा गरेर खरना गर्नेछन् । खरनामा व्रतालुहरु विशेष गरेर सख्खर मिलाएको गम्हरीको खीर रोटी मुला आदि खाने गर्दछन् । आज राति व्रतालुहरु खरना खाएपछि छठ पर्वका लागि विना अन्न जलको निराहार व्रत सुरु गर्नेछ । भोलि शुक्रवार साँझमा व्रतालुहरु विभिन्न जलासायमा गई अस्ताएको सूर्य देवतालाई अर्घ दिनेछ भने शनिबार बिहान अस्ताउँदो सूर्यलाई अर्घ दिएर व्रत समाप्त गर्नेछ ।
जीवनदायी शाब्दी सूर्यदेवता र छठीमाताको आराधना यस पर्वमा गरिन्छ । छठलाई निकै कठिन पर्वको रुपमा पनि लिइन्छ । चार दिनको यस पर्वमा व्रतालु दुई दिन विनाअन्नपानी भोकै बस्नुपर्दछ । तराईका विभिन्न जिल्लाको चोक गल्ली पसल-पसल र घरघरमा अहिले गीत-सङ्गीत गुाजयमान भएको छ । सदरमुकाम मलंगवामा मात्र छठ लगभग एक दर्जन पोखरीको किनारमा छठ घाट बनाई यो पर्व मनाइन्छ । छठलाई हर्षोल्लासका साथ मनाउन मलंगवाको झिम नदी कृष्ण मति विधालय नजिकको पोखरी मुल्ही पोखरी शिवसागर पोखरी नासी पोखरी पव्लीक मावि नजिकको पोखरीलगायतको पोखरी बेहुलीझैँ सिङ्गारिने कार्य भइरहेको छ ।
यसैवीच मधेशमा सांस्कृतिक पर्वको रुपमा रहेको तथा दिदी भाईको बीचको स्नेहको प्रतिक लोकपर्व सामा चकेवा सुरु भएको छ । लोक आस्थाको महान् पर्व छठको साथ साथै सामा चकेवाको मधुर गीतले सम्पूर्ण मधेसको वातावरण गुन्जायमान भएको छ र चारैतिर यसको चहलपहल सुरु भइसकेको छ । चकेवा पर्व कात्तिक महिनाको शुक्ल पक्षको पाचमी तिथिदेखि नौ दिनसम्म पूर्णिमासम्म मनाइने गरिन्छ । पर्वको बेला दिदीबहिनीहरु आफ्नो दाजुभाइको दीर्घजीवन एवम् सम्पन्नताको मंगलकामना गर्ने गर्दछिन् । अहिले मधेसको बजारहरुमा विभिन्न किसिमको रंगमा सिङ्गारिएको सामा चकेवाहरु कुमालेहरुले बेचेको पाइन्छ । मधेसका युवतीहरु छठको खरनादेखि पारणसम्म सामा चकेवा किन्ने गर्दछिन् । यस पर्वमा यसवतीहरु सामा चकेवालाई राख्नका लागि आर्कषक किसिमको बाँसको डाला बनाएको हुन्छ ।

No comments:

Post a Comment

facebook Page Like

  • मनोरँजन