Sunday, January 01, 2012

आफन्तको निधनमा औँला काट्ने चलन


विश्वका केही देशका आदिवासी सम्प्रदायमा शोक या पश्चातापका बेला शरीरका विभिन्न अंग छेदन गर्ने प्रथा प्रचलित छ । यो प्रचलन सबैभन्दा बढि इण्डोनेसियाको पपुवा प्रान्तमा बस्ने दानी आदिवासीहरुमा पाइन्छ । यो सम्प्रदायका मानिस आफन्तको निधन हुँदा शोक मनाउन सरीरको औँला काट्ने गर्छन् । साथै शोकमा यो समुदायका मानिसले अनुहारमा माटो समेत दल्ने गर्छन् ।

आश्चर्यको कुरा के छ भने यसरी औँला छेदन गर्नेमा धेरैजसो महिला छन् । निधन भएको व्यक्ति शक्तिशाली रहेछ भने उसको आत्मालाई शान्त गर्न अरुले आफ्नो अंग छेदन गर्नुपर्छ भन्ने मान्यता यो समुदायमा छ ।

औँला काट्नुभन्दा पहिले आधा घण्टासम्म काटिने ठाउँमा औँलालाई डोरीले जोडसँग बाधिन्छ । त्यसपछि औँला काटिन्छ । काटिएको औँलालाई जलाइन्छ र त्यसको खरानी कुनै विशेष स्थानमा लगेर विसर्जन गरिन्छ ।

औँला काट्दा हुने पीडाका कारण मानिसहरुले आफन्तको निधनको पीडा जाहेर गर्न सक्छन् भन्ने मान्यताले पनि औँला काट्ने चलन बसेको बताइन्छ । परिवारको व्यक्तिको निधन भएमा परिवारका अरु सबै सदस्यले औँला काट्नुपर्छ ।

यो समुदायमा अर्को प्रथा पनि छ जहाँ आमाले आफ्ना काखे बच्चाको कान्छी औँलाको केही भाग टोकेर चुँडाइदिनुपर्छ । यसरी कान्छी औँला काटिदिएमा बच्चा छिटो बढ्छ र उसलाई रोगले आक्रमण गर्दैन भन्ने मान्यता दानी समुदायमा छ । यद्यपि पछिल्ला दिनहरुमा सरकारले यस्तो औँला छेदन गर्ने परम्परामा रोक लगाएको छ । तरपनि मानिसहरु परम्परा धान्न्ा अझैपनि औँला छेदन गरिरहेका छन् । बुढापाकाहरुका त धैरै औँला काटिएकै छन् ।

No comments:

Post a Comment

facebook Page Like

  • मनोरँजन