Sunday, January 01, 2012

सन् २०११ का यौन सम्बन्धि रोचक तथ्य


वर्ष सन् २०११ मा अरु वर्षजस्तै संसारका विभिन्न देशमा यौनसम्बन्धि सर्भेक्षण भए । ती मध्ये केही सर्भेक्षणले निकै अनौठा र रोचक तथ्यहरु बाहिर ल्याएका छन् । यो वर्ष भएका केही यौन सम्बन्धि सर्भेक्षणले पत्ता लगाएका रोचक तथ्यहरु निम्न छन् :

१. बेलायतमा गरिएको एक सर्भेक्षण अनुसार महिलाहरु सम्भोगका बेला पनि खाने विषयको चिन्तामा डुब्ने गर्छन् । यो सर्भेक्षण अनुसार २५ प्रतिशत महिला हरेक ३० मिनेटमा खाने विषयमा सोच्छन् । १० प्रतिशत महिलाले सेक्सको बेला पनि खाने विषयमा सोच्ने गरेको उक्त सर्भेको निष्कर्ष छ ।

२. बेलायती टेलिकम कम्पनी माइ फोन डिल्सले गरेको सर्भेले बेलायतका २५ प्रतिशत मानिस सम्भोग गरिरहेको बेला समेत फोनमा कुराकानी गर्ने गर्छन् ।

३. एक अध्ययनले छात्रहरु परिक्षामा राम्रो गरेर पाएको प्रसंसा भन्दा यौनका विषयमा गरेको प्रसंसाले बढि खुसी हुन्छन् ।

४. स्कटल्याण्डमा गरिएको एक अध्ययनले कुनैपनि महिलाले सम्भोगका बेला चरमसुख पाउने विषय उसको ओँठको प्रकारले निर्धारण गर्ने देखाएको छ ।

५.सफ्टवेयर कम्पनी नो इंकले गरेको अध्ययन अनुसार विकशित देशमा हरेक चार जनामा एक जना कलेजका विद्यार्थी इलेक्ट्रोनिक टेक्स्टबुक आदानप्रदानको दौरान यौन सम्बन्ध कायम राख्छन् ।

६. हरेक पाँच जनामा एक जना महिला सम्भोग गरेर भन्दा फेसबुक चलाएर समय बिताउन रमाइलो मान्दछन् । कम्पोजिसन म्यागेजिनले गरेको अध्ययनले यस्तो देखाएको हो ।

७. बोइस युनिभर्सिटीका शोधकर्ताहरुले यो कुरा पत्ता लगाएका छन् की महिलाहरुमा उमेर छिप्पिँदै गएपछि समलिंगी सम्बन्धको रुची बढ्दै जान्छ ।

८. फर्टिलिटी एण्ड स्टेरिलिटी जर्नलले गरेको अध्ययन अनुसार काखमा ल्यापटप राखेर इन्टरनेट चलाउने पुरुषहरुमा शुक्रकिटको क्षमता नास हुन्छ र बाँझो हुने सम्भावना बढि हुन्छ ।

९. हेरिस इन्टरेक्टिवले गरेको अध्ययनले इन्टरनेट चलाउने महिला नचलाउने महिला भन्दा सेक्सको मामिलामा बढि सिपालु हुन्छन् ।

No comments:

Post a Comment

facebook Page Like

  • मनोरँजन