Sunday, January 08, 2012

टीभीमा मान्छेको मासु खाने ‘रियालिटी सो’



आजभोली टेलिभिजनमा ‘रियालिटी सो’को फेसन छ । रियालिटी सोका नयाँ नयाँ तरिका अपनाउने होडबाजी टेलिभिजनहरुवीच छ । यस्तैमा नेदरल्याण्डको एक टेलिभिजनले मान्छेको मासु काटेर खाने कार्यक्रम प्रसारण गरेको छ । नेदरल्याण्डको बीएनएन टेलिभिजनमा कार्यक्रम चलाउने दुई जना संचालकले एक अर्काको पेट र नितम्बको मासु काटेर फ्राइ गरि खाएको दृष्य टेलिभिजनबाट प्रसारण गरियो ।

गत डिसेम्बर २१ तारिखमा प्रसारण भएको सोमा संचालक डेनिस स्टोर्मको नितम्ब र अर्का संचालक भलेरियो जेनोको पेट काटिएको थियो । ‘टेष्ट र्‍याबिट’ नामको सो कार्यक्रममा उनीहरुले एक अर्काको फिला निकालेका थिए भने सेफले तेलमा तारेका थिए । कार्यक्रममा उपस्थीत दर्शकका अगाडी दुवैले मिठो मानेर एक अर्काको मासु खाएका थिए । मासुमा कुनै पनि मसला र नुन हालिएको थिएन, किनभने उनीहरु मान्छेको मासुको खास स्वाद थाहा पाउन चाहान्थे । मासुलाई सूर्यमुखी फुलको तेलमा तारिएको थियो ।
डेनिस स्ट्रोम भन्छन- ‘स्वादमा खासै त्यस्तो केही भिन्नता थिएन, तर साथीको शरिरबाट मासु लुछिरहँदा उसको आँखामा देखिएको पिडा भने हेर्न सकिन् ।’ जेनो र स्ट्रोमले यस्तो आइडिया ‘अलाइभ’ नामक चलचित्र हेरेपछि बिकाश भएको बताए । चलचित्रमा एक दुर्गम गाउँमा बिमान दुर्घटनापछि कसरी जिवितहरुले मान्छेको मासु खाएर बाँच्छन भन्ने देखाइएको छ । त्यसपछि मान्छेको मासु कस्तो होला भन्ने कौतुहलताले सताएको जेनोले रोयटर्स समाचार समितिलाई बताएका छन् । पहिलोपटक टिभीमा मान्छेको मासु तारेर खाएपनि आइन्दा त्यसो गर्ने पक्षमा छैनन दुवै जना । भन्छन- ‘यसका लागि धेरै शक्ति खर्च हुने रहेछ ।’

तर यतिखेर नेदरल्याण्डमा त्यो टीभी सो वास्तविक हो कि अभिनयमात्र गरिएको हो भन्नेमा बहस हुन थालेको छ । यसअघि सोही टेलिभिजनबाट प्रसारित एक किड्नी दान सम्बन्धी रियालिटी सोलाई अन्तिममा अभिनयमात्र भएको बताइएको थियो । यद्यपि टिभि सोका उत्पादकले मासु काटेर खाएको वास्तविक भएको र उनीहरुको शरिरमा मासु निकालिएको ठाउँ अझैपनि देख्न सकिने बताएका छन् ।

No comments:

Post a Comment

facebook Page Like

  • मनोरँजन