Sunday, January 08, 2012

पेन्टी देखाउँदै न्यूयोर्कमा हजारौं नाङिए


आइतवार अर्थात जनवरी ८ तारिखका दिन अमेरिकाको राजधानी न्यूयोर्कसहित बिश्वका करिव ५० वटा मुख्य शहरका हजारौं तन्नेरी युवायुवतीहरु कम्मरमुनी अण्डरवेयरमात्र लगाएर हिड्नेछन् ।

भर्खरै जवानीले छोएकादेखि आधा जोवन ढल्किसकेका महिला र पुरुषले बिनासंकोच सवबेमा आफ्नो पेन्टीमात्र लगाएर यात्रा गर्नेछन् । एकअर्कालाई खासै चिनेजस्ता नदेखिने यी युवायुवतीहरुले जाडोमा लगाउने ओभरकोट, पंजा,
माथिल्लो भागमा लगाउने सवै तातो लुगा र खुट्टामा बुट पनि लगाएका हुनेछन् । उनीहरुको शरिरमा एउटामात्रै चीज हुनेछैन- त्यो हो प्यान्ट । रेलमा आफ्नो प्यान्टी देखाउँदै यात्रा गर्न यी युवतीहरु कुनै संकोच मान्दैनन् ।

अमेरिकी युवाले सन् २००२ देखि बर्सेनी नांगिन सुरु गरेका अराजक युवायुवतीको यो एघारौ प्रदर्शन हो । पहिलो वर्ष जम्म सातजना अल्लारे केटाले यसरी अर्धनग्न भएर न्यूयोर्कमा यसको शुरुवात गरेका थिए । बिभिन्न साठ ठाउँमा तैनाथ केटाहरु रेल स्टेशनमा प्रवेश गरेका थिए । एक अर्कालाई चिनेजस्तो नगरि रेलमा सवार उनीहरुले कसैले सोध्यो भने ‘बिर्सिएको’ जवाफ दिने योजना बनाएका थिए ।

तर दोस्रो वर्षमै यो दिवस मनाउने क्रममा महिलाले समेत सहभागिता जनाए र सहभागीताको संख्या ३० पुग्यो । यसरी नवौ बर्षसम्म आइपुग्दा नपुग्दै यो दिवसमा भाग लिनेको संख्या ५ हजार पुग्यो । र यो न्यूयोर्कमा मात्र सीमित रहेन विश्वको ४४ सहरमा फैलिन पुग्यो ।

गत वर्ष भने भाग लिनेहरुको संख्या केही घट्यो अर्थात गत वर्ष यो दिवस ३ हजार ५ सयले मात्र मनाए । दिवस मनाउने सहरको संख्या भने वढेर ४८ पुग्यो । यसपाली कति शहरमा कतिजना ठिटा ठिटि यो दिवस मनाउन सहरको भिड भाडमा लगाइराखेकै प्यान्ट फुकालेर हिँड्ने हुन् हेर्न चाहिँ बाँकी नै छ ।

यसमा अभियन्ताहरु यसको कुनै बिशेष सन्देश नभएको बताउँछन् । सवबेमा यात्रा गर्दा यात्रुहरुलाई दिक्क लाग्ने भएकाले उनीहरुलाई ब्रेक दिन यस्तो आइडिया निकालिएको उनीहरुको भनाई छ ।






No comments:

Post a Comment

facebook Page Like

  • मनोरँजन