Saturday, February 25, 2017

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजबाट धनुषामा शुरु

१४ फागुन, जनकपुरधाम । धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्न सागर स्थित मठबाट राम जानकीको डोलालाई बिधिवत रुपमा निकाली आजबाट १५ दिने मिथिला माध्यमिकी परिक्रमाको शुरुवात गरिन्छ ।
आज पहिलो दिन मिथिला बिहारीको डोला र राम जानकीको सँयुक्त डोला जनकपुर स्थित हनुमान नगर पुग्नेछ र रातमा बिश्राम गर्नेछन । तत्पश्चात भोली बिहान उक्त डोला सहितको परिक्रमा भारतको कल्ना प्रस्थान गर्नेछन । त्यहाँ भोली रात्रीकालिन बिश्राम भरी साधुसहितको भक्तजनहरुको टोली पर्सी गिरिजा स्थान फुलहर प्रस्थान गर्नेछन । यसरी मठिहानी, जलेश्वर , मडै, धु्रवकुण्ड, हरिणमरी, पर्वता, सतोषर, बिशौल हुँदै पुनः कल्ना पुगी पुन १५ हौ दिनमा उक्त परिक्रमा जनकपुर आउनेछन । त्यसपछि अन्तगृह परिक्रमा जनकपुरमा गरी परिक्रमाको समापन हुनेछ । त्यसको भोलीपल्ट तराईमा होली खेल्ने समेत परम्परा रही आएको छ । मिथिला माध्यिीमीकी परिक्रमामा नेपाल भारतका लाखौ श्रद्धालु भक्तजन , साधु सन्त र बिभिन्न ठाउँका राम जानकीको डोलाहरु पनि सहभागी हुन्छन । यसरी प्रत्येक बिश्राम स्थलमा बृहतर जनकपुर क्षेत्र परिषद तथा बिभिन्न स्थानिय सँघ सँस्थाद्धारा श्रद्धालुहरुका लागि निःशुल्क शिविरहरुको पनि आयोजना गरिएको हुन्छ । त्यस्तै, निःशुल्क खाना र आवासको पनि व्यबस्था गरिएको हुन्छ । बिश्रामस्थलहरुमा रामलीलाको पनि आयोजना हुन्छ भने मेला पनि लाग्ने गर्दछ । मेला हेर्न छिमेकी गाउँहरुबाट स्थानीहरुको निकै भिड लाग्ने गर्दछ । यो परिक्रमा गर्नाले सुख, शान्ति, समृद्धिका साथै बिभिन्न किसिमका मनोकाँक्षा पुर्ण हुने बिश्वास गरिन्छ । साथै यस अवधिका भक्तजनहरुले माछा, मासु, लसुन, प्याज जस्ता वस्तुहरु खानका लागि वार्ने गर्दछन । नेपाल भारत गरी कुल १२७ किलोमिटरको दुरी परिक्रमामा सहभागी श्रद्धालुहरुले तय गर्नुपर्दछ ।

मिथिलाको बहुचर्चित माध्यमिकी परिक्रमा सुरु

१४ फागुन । मिथिलाको बहुचर्चित माध्यमिकी परिक्रमा आजबाट सुरु भएको छ । धनुषास्थित कचुरीको मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरी जीको डोलासाथ धार्मिक झाँकी र भजनकर्ीतनसहित सीमावर्ती भारतीय गाउँ कलानेश्वरबाट आज सो परिक्रमा सुरु भएको हो ।
सो डोला भारत फुलहरको गिर्जास्थान हुँदै तेस्रो दिन मङ्गलबार महोत्तरीको मटिहानी आइपुग्ने छ ।  सो परिक्रमामा सहभागीहरू क्रमशः जलेश्वर, मडै, धु्रवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलानेश्वर पुगी फागुन पूणिर्माका दिन जनकपुर फर्किन्छन् । परिक्रमामा सहभागी हुनेहरूको सुविधाका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ ।
नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवम् पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दर्ुइ गरी १५ विश्रामस्थल छन् । मिथिला महात्म्यमा यी विश्रामस्थलका पौराणिक एवम् धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ ।
मिथिला महात्म्यअनुसार १८ आँै शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवम् भारतका २६ गरी १३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ । परिक्रमामा नेपाललगायत भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, बैजनाथधामलगायतका साधुसन्त, महन्थ र र्सवसाधारणको उल्लेख्य रुपमा सहभागिता रहेको छ ।
फाल्गुन शुक्ल प्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूणिर्मामा समापन गरिने परम्परा छ । सो परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मद्वारा भएका पाप नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ ।मिथिला महात्म्यअनुसार अठारौं सताब्दीदेखि माध्यमिकी परिक्रमा मनाइँदै आएको र यस धर्मयात्राका सहयात्रीहरू राति भजनकर्ीतन गरी १५ दिन बिताउने गर्दछन् ।
विश्वकै र्सवाधिक लामो समयसम्म चल्ने यस परिक्रमाका यात्रुहरू भारतको कलना, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदैै धनुषाको पर्वता धनुषाधाम, सतोषर र औरहीमा एक एक रात विश्राम गरी पूणिर्माको अघिल्लो रात जनकपुर आइपुग्छन् । पूणिर्माको बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेली १५ दिवसीय यो यात्रा सम्पन्न गरिन्छ ।
परिक्रममा सहभागी हुनेहरूलाई सुख, समृद्धि, मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ति हुने विश्वास रहेको छ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निमार्ण्र्ाारिएका कल्याणेश्वर , जलेश्वर , क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानि यो परिक्रमा यात्रा सुरु गरिएको हो । 

facebook Page Like

  • मनोरँजन