आसार १६, महोतरी । ज्यान मार्ने उद्योग मुद्धा अन्तर्गत भाईको ज्यान लिन खोज्ने दाजु भाउजुलाई दोषी ठहर गर्दै जिल्ला अदालत महोतरीले सोमबार अन्तिम फैसला गरेको छ ।
प्रतिवादी श्रृष्टि नारायण मिश्रका अधिवक्ताद्धय सत्य नारायण साह र हेम कार्कीले गर्नुभएको उक्त बहसमा न्ययाधिश सुमन कुमार न्यौपानेको एकल ईजलाशले घटनामा दोषी पाएका दाजु जय नारायण मिश्र र उनका श्रीमती रेखा देवी मिश्रलाई जनही एक÷एक महिना कैद र दश÷दश हजार जरिवानाको अन्तिम फैसला सुनाएको हो ।
महोतरीको पिपरा गाउँपालिका वडा नं. १ एकरहिया बस्ने जय नारायण मिश्र र उनका श्रीमती रेखा देवी यादवले मिश्रका आफ्नै भाई श्रृष्टि नारायण मिश्र माथि २०७५ कातिक महिनामा धारिलो हतियार प्रहार गरी ज्यान मार्ने प्रयास गरेको थियो ।
उक्त घटनामा दाजुले भाई माथि अक्रमण गरी उल्टै दाजुले नै प्रहरीमा उजुरी गराई भाईलाई पक्राउ गराई मुद्धा चलाएका थिए । त्यसै घटनामा भाई श्रृष्टि नारायणले पहिलो उजुरी गराउन खोज्दा जिल्ला प्रहरी कार्यालय महोतरीले बिभिन्न दवाव र प्रलोभनमा परी उजुरी दर्ता गर्न नमानी उल्टै पक्राउ गरी अदालतबाट म्याद थप गर्दै १३ दिन सम्म पिडितलाई नै थुनामा राखेको थियो ।
२०७६ आसार १६ गते सोमबारका दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल र अधिवक्ता नागेन्द्र कुमारले बहस गर्नुभएको थियो ।
वादीले प्रतिवादी तर्फका ५ जनालाई झुठो आरोप लगाई तत्काल पक्राउ गराएपनि अदालतबाट पाँचै जनाले सफाई पाएका छन ।
दाजुले गरे भाईमाथि साँघातिक आक्रमण
यो पनि पढ्नुहोस् ।
दाजुले गरे भाईमाथि साँघातिक आक्रमण