Sunday, December 16, 2018

दाजुले गरे भाईमाथि साँघातिक आक्रमण

१ पुष । महोतरी जिल्लाको पिपरा गाउँपालिका वडा नंं १ एकरहियामा यही कातिक १६ गते दुई दाजुभाई बिच कुटाकुट भयो । झगडा मा जय नारायण मिश्र र उसको श्रीमतीले भाई श्रृष्टि नारायण मिश्रलाई टाउकोमा लट्ठी र दुवै हाथमा छुराले आक्रमण गरे । भाई श्रृष्टि नारायणले प्रतिकार गर्न खोज्दा जय नारायण भुईमा लडे । 

झगडाको कारण दाई जय नारायणले जग्गा नै नछोडी घरको झयाल राखेर भाईको आँगनमा दिनहुँ फोहोर फ्याँक्ने बिषय थियो । 

यता स्थानियहरुलाई विगत ६ बर्षदेखि थर्काउँदै आएका राजेश झाले दुई दाजु भाईको पहिले देखि नै रहेको मनमुटावको फाईदा उठाँउँदै दाई जय नारायणलाई उचालेर भाईलाई पिट्न उक्साएका थिए । 

त्यसै अनुसार राजेश झाको योजना र उक्साहटमा जय नारायण र श्रृष्टि नारायण बिच झगडा गराएका थिए । त्यस झगडामा श्रृष्टि नारायण घाईते भएपछि तुरुन्तै ईलाका प्रहरी कार्यालय पिपरा सहोडबाका शरणमा उजुरी गर्न पुगेका थिए । यता श्रृष्टि नारायण ईलाकामा पुगेको जानकारी पाएपछि राजेशले श्रृष्टिको उजुरी नलिई थुनेर राख्न प्रहरीलाई भनेका थिए । प्रहरीले पनि घाईते श्रृष्टिको कुरा नसुनी प्रहरी कार्यालयमा नै बसाएर राखेका थिए । यता श्रृष्टिले मलाई मेरो उपचार गर्न जान दिनोस, दाईलाई समात्नुस भन्दै आग्रह गर्दै बिन्ती बिसाई रहे तर राजेशको कुरा मान्दै आएका सई (ईन्चार्ज) नागेश्वर यादवले  श्रृष्टिको कुरा एक सुनेन । कुट्ने मानिसलाई पक्राउ गर्नु कता हो कता बरु पिडितलाई नै झन पिडित बनाए । 

श्रृष्टि नारायण मिश्र


त्यसपछि करीब ५ घण्टा पछि मात्र रगत बगिरहेका श्रृष्टि नारायणलाई उपचारका लागि जलेश्वर अस्पताल लगियो । त्यहाँ उपचारका लागि भर्ना भए । 

दुई भाईको झगडा छुटाउन गएका स्थानिय सुवोध मिश्र लाई बिहान पल्ट जिल्ला प्रहरी कार्यालय महोतरीले अनुसन्धानका लागि सोधपुछ गर्नु छ भन्दै जलेश्वर बोलाए । प्रहरी कार्यालयमा हाजिर हुन गएका बुबा सुवोध मिश्र   र छोरा सुजित मिश्रलाई सोधपुछको बहानामा २४ घण्टासम्म प्रहरीले थुनेर राखे । जबकी छोरा सुजित घटनाका दिन गाउँमै थिएनन । यस घटनामा प्रहरी कार्यालयमा थुन्न लगाउने प्रदेश नंं. २ का राजपाका एक राज्यमन्त्री रहेको पिडितहरुको भनाई छ । राज्यमन्त्रीले राजेश मmाको ईशारामा थुन्न लगाएको बताएका छन ।

उता ४ दिनको उपचारपछि श्रृष्टि नारायणलाई जलेश्वर अस्पतालले थप उपचारका लागि जनकपुर अँचल अस्पताल रेफर गरे । रेफर गरेपछि श्रृष्टि नारायणका श्रीमती ३० हजार नगद लिई श्रीमानको उपचार र प्रहरीमा उजुरी दिनका लागि जलेश्वर जाँदै गर्दा राजेश झाले पुनः घटना पश्चात विदेशबाट आएका जय नारायणका छोरालाई उक्साई उसको श्रीमतीलाई रोक्न र पिट्न पठाए । जय नारायणका छोरा गणपति भन्ने बलराम मिश्रले स्थानिय २ जना अरु केटालाई लिएर गाउँ बाहिर रहेको बोर्डिङ भन्ने स्थानमा श्रृष्टि नारायणको श्रीमतीको बाटो छेकेर गाउँ फिर्ता जा, उजुरी गरीस भन्ने मार्छु भन्दै लटठीले कुटपिट गर्न थाले । कुटपिट पश्चात घाइते भएर भुईमा ढलेकी काकीलाई मरणासन्न हुने गरी कुटपिट गरेर उनीसँग भएको मँगलसुत्र र नगद ३० हजार समेत लुटी गाउँ फर्की भन्दै तिनीहरु त्यहाँबाट गए । 

गणपति भन्ने बलराम मिश्र


पछि ती घाईते महिलाले फोन गरी आफ्ना एक आफ्न्तलाई बोलाए । त्यसैले मोटरसाईकलमा राखी उपचारका लागि जलेश्वर अस्पताल लगे । यता आफु र आफ्नो श्रीमतीको उपचार गराई मेडिकल केस बनाई प्रहरीमा दाजु, भाउजु र भतिजोको बिरुद्ध प्रहरीमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता गर्न मानेनन । हामी सबै कुरा बुझेर मात्र मुद्धा दर्ता गर्छौ भन्दै कुरो अल्मलाए । यता, दर्ता नगर्दा उनीहरु पक्राउ नपर्ने र झगडा छुटाउन गएका निर्दोष व्यक्ति सुवोध मिश्र र सुजित मिश्रलाई प्रहरीले अनाहकमा पक्राउ गरेको खबर पाए लगत्तै आफुहरुलाई पनि पक्राउ गर्ने आशँकामा दुवै जना जनकपुरमा आफन्तकोमा आएर लुकीछिपी बस्दै थप उपचार गराउँदै आएका थिए ।

उता, गाउँमा राजेश झाले यस घटनामा अर्का एक जना व्यक्ति हृदय नारायण  ठाकुरको नाम पनि मुछ्न जय नारायणलाई उक्साए । कारण के थियो भने राजेश झा ले करीब ७ बर्ष अगाडी ठाकुरको गाउँमा रहेको घर तोडफोड गराई सामानहरु लुटी लगेको, सम्पति, घर बगैचाहरुमा सम्पति कब्जा गरिएको भनेर बोर्डहरु रोशन ठाकुर मार्फत झुण्ड्याउन लगाएका थिए । राजेशको ईशारामा रोशनले केही बाँकी नराखेपछि पिडित हृदय नारायण ठाकुरले त्यस बखत जिल्ला प्रशासनमा उजुरी गरी न्याय पाउन सफल भएका थिए । त्यसैको रिसीबी राखी ठाकुरलाई फेरी फसाउनुपर्छ भन्दै जय नारायणलाई उक्साए । बरु तिमीलाई म आफ्नो सोर्स फोर्स लगाई बचाउँछु । मसँग पावर र पैसा दुवै छ भन्दै उक्साए । र हृदय नारायण ठाकुरलाई गाउँ पस्न नदिनु, पसे ज्यानले मारिदिनु भन्दै जय नारायणका छोरा गणपति, रोशन ठाकुर लगायतलाई अह्राएका छन । र त्यस झगडाका प्रत्यक्षदर्शीका रुपमा रहेका ठाकुरले फेरी श्रृष्टि नारायणलाई न्याय दिलाउन सक्छ भन्दै ठाकुरलाई नै यस घटनाका मुख्य योजनाकार रहेको भन्दै फसाउनु पर्छ भन्दै योजना बनाए र गाउँभरि हल्ला फैलाए । तर झगडाका बखत अन्य प्रत्यक्षदर्शाीहरुले निर्दोषलाई फँसाउन नहुने तर्क गरेपछि चुप लाग हामीले जे भन्छौ त्यै प्रहरी सामु बोल्नु नत्र तेरो पनि यही हबिगत हुन्छ भन्दै थर्काउँदै चुप गराउँदै आएका छन । 

गाउँमा राजेश झाको डरले मानिसहरु उसको बिरुद्धमा बोल्न समेत डराउँछन । किनकी उ बिरुद्ध बोल्ने व्यक्तिहरुलाई कुटपिट गराउने, ईलाका प्रहरी बाट थुन्न लागउने र पछि आफै छुटाउने जस्ता कृयाकलापहरु यस अघिबाट नै गर्दै आएका छन । ७ बर्ष अगाडि साधारण हैसियतका रहेका राजेश अचानक अरबौपति भएपछि पावर र पैसाको दुरुपयोग गर्दै आएका छन । उसको डरले पुरा गाउँ नै थर्कमान भएको छ ।

यता कुटपिट र ज्यानको डरले हृदय नारायण ठाकुर घटना पश्चात गाउँ जान छोडेका छन । तर ठाकुरका छोरा ब्रम्हानन्द ठाकुर जो प्रदेश प्रमुखका सल्लाहकार समेत छन आफ्ना आमालाई लिएर मंसीर ८ गते गाउँ गएका थिए । प्रेस सल्लाहकार गाउँमा जाने बित्तिकै राजेश झा र रोशन ठाकुरले ठाकुरलाई पिछा गरेका थिए । त्यसपछि राजेश झाले ५÷७ जना युवाहरुलाई ठाकुरमाथि आक्रमण गर्न अहएका थिए । सोही बमोजिम युवाहरुले शुरुमा ठाकुरको घर घेर्न शुरु गरेका थिए । आफुमाथि आक्रमण हुन सक्ने आशँका भएपछि ठाकुरले प्रदेश प्रमुखको कार्यालय मार्फत महोत्तरीको एसपीलाई घटनाका बिषयमा जानकारी गराएका थिए । 

यता, गाउँमा किन आएको भन्दै गणपति मिश्र सहित उक्त युवाहरुको समुहले प्रेस सल्लाहकार ठाकुरलाई घेरा हाली लट्ठीले कुट्न खोज्दा महोत्तरीको एसपीको निर्देशनमा ईलाका प्रहरी कार्यालयका प्रहरी घटनास्थल पुग्ने बित्तिकै युवाहरुको सो समुह तत्कालका लागि भागेका थिए । 

तर प्रहरी गईसकेपछि पुनः लट्ठी बोकेर बसेका युवाहरु आक्रमण गर्ने योजनाका साथ गाउँको निकासद्धारमा लुकेर बसेका थिए । यता, प्रेस सल्लाहकार ठाकुर केही घटना घट्न सक्ने आशँकामा सीधा ईलाका प्रहरी कार्यालय पुगी घटनाका बिषयमा सम्पुर्ण जानकारी गराएका थिए ।

यता लुकीछिपि बस्दै आएका घटनाका पिडित श्रृष्टि नारायणको उजुरी जिल्ला प्रहरी कार्यालयले लिन नमाने पछि न्यायका लागि महोतरी अदालतमा यही मंसीर १२ गते मुद्धा दर्ता गराएका थिए । 

उता गाउँमा राजेश झाले जय नारायणलाई भाई श्रृष्टि नारायण, भाई बुहारी र हृदय नारायण ठाकुरलाई थुनामा राख्न लगाउने अभिप्रायले एकतर्फी रुपमा मंसीर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन उनीहरुसँग आफ्नो मानिस पठाए । प्रहरी त्यतिबेला पिडित श्रृष्टि नारायणको उजुरी दर्ता गरेनन तर यिनको उजुरी प्रहरीले तुरुन्त दर्ता गरे । 

यता यतिका दिनसम्म प्रहरीले आफुलाई पक्राउ नगरेपछि आफुलाई न्याय मिल्ने आशाका साथ श्रृष्टि नारायण मंसीर २१ गते आफ्नो गाउँ फर्के । गाउँ फर्के लगतै बिहान पल्ट मंसीर २२ गते राजेश झाको ईशारामा ईलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरीले श्रृष्टि नारायणलाई सोधपुछ गर्नु छ भन्दै घरबाटै समातेर लगे । श्रृष्टिलाई फेरी ७ घण्टा ईलाकामा राखियो । तत्पश्चात जिल्लामा लगियो । उता जिल्लामा लगिएकै साँझ राजेश झाको घरमा पक्राउ गरिएको विजय उत्सव पार्टी राखियो । पार्टीमा इलाका प्रहरी कार्यालयका सई, राज्यमन्त्री सहितको सहभागिता रहेको स्थानियहरुले जानकारी गराए ।

उता, श्रृष्टि नारायण लाई प्रहरीले थुनामा कैद गर्यो । कसैसँग भेट्न दिईएन । न्यानो ज्याकेट लिएर भेट्न जाने मानिसलाई भेट्न दिईएन । थुन्नु पर्ने कारण कसैलाई भनिएन । त्यसको बिहान पल्ट अदालतबाट ७ दिनको म्याद थप गराई प्रहरीले पुन श्रृष्टि नारायणलाई थुनामा राख्यो । त्यसपछि पुनः ७ दिनको अदालतबाट म्याद थप गरी थुनामा राखेको छ । निर्दोष व्यक्ति जो आफु र आफ्नो श्रीमती समेत कुटाई खाएको छ । त्यसलाई थुनामा राखियो तर जसले पिटे त्यो छाती फुलाएर बाहिर अरुलाई कुट्दै घुमिरहेका छन । यसबाट पिडकसँग प्रहरी प्रशासनको प्रत्यक्ष मिलोमतो रहेको छ भनी छर्लङ हुन्छ । 

यसपछि जिल्लाबाट आएको टोलीले गाउँमा गई श्रृष्टि नारायणको श्रीमतीलाई समेत समातेर थुन्ने मनसायले दिनको ४ पटक गाउँ धाउँछन तर उसको श्रीमती पक्राउको डरले गाउँ छोडेको भन्ने स्थानियको भनाई छ । त्यस्तै, गाउँमै नरहेका हृदय नारायण ठाकुरलाई पनि प्रहरीले खोज्दै आएको जानकारीमा आएको छ । यता प्रहरीले पक्राउ गरेकालाई अदालतमा हाजिर नगराई देशद्रोही को जस्तो अमानविय व्यवहार गर्दै पटक पटक म्याद थप गरी थुनामा राख्नुले प्रहरीको न्याय प्रणाली प्रति शँका उब्जीन्छ । एस पी लाई पनि जानकारी नभएको होईन तर घटनामा पिडकलाई भन्दा पिडितहरु र निर्दोशहरुलाई नै प्रहरीले गर्दै आएको घरपकडको कार्य निन्दनिय छ ।

तसर्थ यस घटनामा सँचारकर्मी साथीहरुले गम्भीरता देखाई प्रहरी प्रशासनलाई सत्यको बाटोमा डोरयाउन सहयोग गर्न सम्पुर्ण पत्रकार साथीहरुमा अनुरोध छ । साथै प्रशासनले पनि आफ्नो कर्तव्यको पालना कानुन बमोजिम गर्नु आवश्यक देखिन्छ । निर्दोशमाथि गरिएको दमन छिट्टै बन्द होस ।

ज्ञातव्य होस अहिले पनि पिडित श्रृष्टि नारायण प्रहरी हिरासतमा रहेका छन ।



अपडेट........

पुष ५ गते बल्ल १३ औं दिनमा श्रृष्टि नारायण मिश्रलाई प्रहरीले बयानका लागि अदालतमा उपस्थित गरायो । यस बिचमा प्रहरीले गाउँमा नगईकनै प्रहरी कार्यालयमा बसेरै सहरजमिन मुचुल्का तयार गर्यो । र हातहतियार खानतलाशी जस्ता कागजातहरु जय नारायणलाई मजबुत बनाउने आधारहरु तयार पारे । त्यसपछि श्रृष्टि नारायणलाई अदालतमा उपस्थित गराएकै दिन अदालतले २० हजार धरौटीमा उनलाई रिहा गरे । रिहा गरेको दिन बिहिबार रहेको र त्यस मुद्धामा हृदय नारायण ठाकुरको नाम पनि रहेकोले आईतबार अदालतमा उपस्थित हुने निर्णय गर्यो । यता गाउँमै नरहेको अवस्थामा पनि कर्तव्य ज्यान मार्ने मुद्धामा हृदय नारायण ठाकुरलाई फँसाई यही पुष ६ गते शुक्रबारका दिन बलराम मिश्र आफैले हृदय नारायण ठाकुर जनकपुरस्थित आफ्नो घरबाट निस्केको बेला  घोक्रयाएर समाती ईलाका प्रहरी कार्यालय जिरोमाईल समक्ष पक्राउ गराएको थियो । त्यसपछि महोतरी प्रहरीले हथहडी लगाएर जलेश्वर स्थित २ दिन थुनामा राखेको बेला बलराम मिश्र गाउँमा गएर पक्राउ गराएको उपलक्ष्यमा भोज भतेर गरी जुठो भोजको पात र मासु तथा हाडको टुक्राहरु हृदय नारायण ठाकुरको  गाउँमा रहेको निर्माणधिन घरमा फाली घरमा रहेको ८ बोरा धान चोरी गरेर लग्यो । यस घटनाको बिषयमा ठाकुरले तत्कालै प्रहरी निरिक्षक बिज्ञान बस्नेतलाई जानकारी गरायो ।

त्यस पछि पुष ८ गते  ठाकुर घटनामा दोषी नरहेको बयान दिएपछि सम्मानित जिल्ला अदालत महोतरीबाट बिना धरौटीमा साधारण तारेखमा रिहा भए ।  गाउँमा बलराम मिश्रले गरेको चोरीको बिषयमा पुनः प्रहरी निरिक्षकलाई जानकारी गराउँदा निरिक्षक बस्नेतले ईलाकालाई घटनास्थलको बिषयमा बुझ्न अह्राए । ईलाका गाउँमा पुगी घटनास्थलको बिषयमा बुझेर तस्वीर समेत खिचेर लगे । त्यसपछि ठाकुरले जिल्लामा चोरी भएको धान बरामद गरी चोरलाई कारबाही गरी पाउँ भनी निवेदन दर्ता गराए तर प्रहरी निरिक्षक बस्नेतले बलरामलाई जिल्ला बोलाई ठाकुरसँग मिलापत्र गर्न सुझाव दिए । चोरी गरेपछि के को मिलापत्र ? चोरलाई समाती कारबाही गरी धान दिलाउनुस ठाकुरले भने तर प्रहरी निरिक्षक बस्नेत केही गर्न सकेनन । बरु ईलाकालाई घटनाको प्रतिवेदन पेश गर्न भने । चोरको बिषयमा किटानी जाहेरी दिँदा समेत चोरलाई नसमात्नु प्रहरीको काम कारबाही माथि शँका उब्जिन्छ । यता , ईलाकाले प्रतिवेदन बनाउनु भन्ने पत्र बुझी गाउँमा गएर राजेश झा सहितसँग छलफल गरी बलराम सो दिन गाउँमै नरहेको प्रतिवेदन बनाउन सल्लाह गरे । यता, प्रहरी प्रशासन समक्ष ठाकुरले मलाई गाउँ जाने बाताबरण बनाई दिनुस भन्दै शान्ति सुरक्षाको लागि निवेदन पनि दिएका छन । तर प्रहरीले त्यसको पनि कुनै वास्ता गरेका छैनन । यता गाउँमा बलराम मिश्रले रक्सी सेवन गरी गाउँ भरि घुमेर ठाकुर तथा त्यसका छोराहरुलाई गाउँ छिरे ज्यान मार्छु भन्दै आईरहेका छन । त्यस्तै , प्रहरी प्रशासन मेरो मुट्ठीमा छ । मैले तल देखि माथिसम्म सबैलाई किनिसकेको छु भन्दै आईरहेको छ । साथै आवश्यक परे गृहमन्त्रीलाई पनि पैसा खुवाउँछु भन्दै गाउँमा उत्श्रृखँल गतिविधी गर्दै आईरहेको छ ।

ज्ञातव्य होस यसअघि बलराम मिश्रले आफ्नी काकाीलाई कुटपिट गर्दा प्रहरीले केही गरेनन, चोरी गर्दा केही गरेनन । त्यसैले मिश्रको मनोबल बढ्दै गईरहेको छ ।



facebook Page Like

  • मनोरँजन