Monday, November 26, 2018

प्रदेश प्रमुखको प्रेस सल्लाहकार माथि आक्रमणको प्रयास


मंसिर १०, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुखको प्रेस सल्लाहकार माथि शनिबार केही युवाद्धारा भौतिक आक्रमणको प्रयास गरिएको छ ।


प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुर आफ्नै गाउँ पिपरा गाउँपालिका वडा नं. १ को एकरहियामा आफ्नो आमालाई पुर्याउन जाँदा आक्रमणको प्रयास गरिएको हो ।


गाउँकै राजेश झाको नेतृत्वमा गएको केही स्थानिय युवाहरुले हातमा लट्ठी लिएर ठाकुरलाई घेरा हाली आक्रमणको प्रयास गरेका छन । प्रेस सल्लाहकार गाउँमा जाने बित्तिकै राजेश झाले ठाकुरलाई पिछा गरेका थिए । त्यसपछि राजेश झाले ५÷७ जना युवाहरुलाई ठाकुरमाथि आक्रमण गर्न अहएका थिए । सोही बमोजिम युवाहरुले शुरुमा ठाकुरमो घर घेर्न शुरु गरेका थिए । आफुमाथि आक्रमण हुन सक्ने आशँका भएपछि ठाकुरले महोत्तरीको एसपीलाई फोन गरी घटनाका बिषयमा जानकारी गराएका थिए । 
गणपति मिश्र

यता, गाउँमा किन आएको भन्दै गणपति मिश्र सहित उक्त युवाहरुको समुहले ठाकुरलाई घेरा हाली लट्ठीले कुट्न खोज्दा महोत्तरीको एसपीको निर्देशनमा ईलाका प्रहरी कार्यालयका प्रहरी घटनास्थल पुग्ने बित्तिकै युवाहरुको सो समुह तत्कालका लागि भागेका थिए । 

गणपति मिश्र

तर पछि प्रहरी गईसकेपछि पुनः युवाहरु आक्रमण गर्ने योजनाका साथ गाउँको निकासद्धारमा लुकेर बसेका थिए । यता, प्रेस सल्लाहकार ठाकुर केही घटना घट्न सक्ने आशँकामा सीधा ईलाका प्रहरी कार्यालय पुगी घटनाका बिषयमा सम्पुर्ण जानकारी गराएका थिए ।

पिडित श्रृष्टिी नारायण मिश्र
उक्त गाउँमा ठाकुरका बुबाले पार्टीको सदस्यता बितरण गरेको भन्दै गाउँकै राजेश झाले कार्तिक १६ गते दिउँसो १ बजे स्थानिय दुई दाजु भाई कुटाकुट गराएको थियो । पछि कुटाकुट गराउने ठाकुरका बुबा रहेको भन्दै अनर्गल प्रचारबाजी गरेर प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुर लगायत उनका परिवारलाई समेत गाउँमा पस्न नदिने र पसे आक्रमण गराउने योजनाका साथ ठाकुरमाथि आक्रमण गराउन खोजिएको थियो । तर आक्रमणको प्रयास असफल भएको छ । 


त्यही दुई दाजुभाईको झगडा छुटाउन गएका पार्टीका अर्का सदस्य सुवोध मिश्र र उनका छोरालाई राजेश झाले फोन गरी प्रशासन मार्फत २४ घण्टासम्म थुनामा राख्न लगाएका थिए । भने झगडाको उजुरी गर्न प्रहरी कार्यालय हिँडेका पिडितकी श्रीमतीमाथि पनि राजेश झाले युवाहरु खटाएर आक्रमण गराएको पिडित श्रृष्टिी नारायण मिश्रले बताएका छन ।

ती दुई दाजु भाई बिच पहिले देखि नै जग्गा सम्बन्धि विवाद पनि रहेको बुझिएको छ । त्यही मौकाको फाईदा उठाउँदै कुटाकुट गराएको स्थानियको भनाई छ ।

Friday, November 16, 2018

जलेश्वर स्वर्गद्धारीको सरसफाईमा सहयोगी हात बढ्दै

३० कार्तिक, जनकपुरधाम । सफाई अभियानी तथा पत्रकार ध्रुब झाले महोत्तरीको जलेश्वरमा जारी राखेको सरसफाई अभियानलाइ प्रोत्साहित गर्न जनकपुरधामका युवा तथा अभियानीहरु सक्रिय भएका छन ।



सफाई अभियानी ध्रुव झाले एक्लैले शुरु गरेको जलेश्वरको स्वर्गद्धारी को सरसफाईमा थप सहयोगी हातको रुपमा जनकपुरधामका सरसफाई अभियानीहरु शुक्रवार बिहान जलेश्वरको स्वर्गद्वारीमा सरसफाइ कार्यक्रम गरेका छन । उक्त सरसफाई कार्यक्रममा स्वच्छता अभियानी दिपक ठाकुर, युवा नेता सरोज मिश्र, स्वच्छता अभियानी धिरेन्द्र कुमार, कयुम भाइ, ईश्वर साह, शंकर चौधरी, सेभ जलेश्वरका अभियानी, जलेश्वर बासी तथा दामोदर स्कुलका बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।



स्मरणिय रहोस धु्रव झा यस अघि जनकपुरधाम स्थित गँगासागर सरसफाईमा समेत आफ्नो सक्रिय योगदान दिएका थिए ।

जनकपुर स्थित समशान घाटको समाजसेवी पवन सिँहानियाद्धारा सरसफाई गरी स्वर्गद्धारी नामाकरण गरेपश्चात यस क्षेत्रमा सरसफाई तथा समाजसेवा गर्ने  भावना ओतप्रोत भएको बुझिन्छ । यस पश्चात जनकपुरधामको चर्चित पोखरी गँगासागर लगायत धनुषा महोतरीका बिभिन्न स्थलहरुको सरसफाई तथा समाज सेवा गर्ने लहर चलेको छ ।

यस किसिमको समाजसेवाको भावना तथा सरसफाईमा सक्रिय अभियानीहरुबाट सबैले पाठ सिक्नुपर्ने देखिन्छ ।




facebook Page Like

  • मनोरँजन