Tuesday, October 16, 2018

राष्ट्रपती भण्डारी तथा प्रदेश प्रमुख कायस्थ बिच भेटवार्ता

असोज ३०, काठमाण्डौ । आज मंगलवार बिहान राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थ बिच शिष्टाचार भेटवार्ता भएको छ ।



मँगलबार बिहान ८ः१५ बजे राष्ट्रपति भण्डारीसँग भएको सो भेटवार्ताका क्रममा प्रदेश नं. २ का समसामायिक पक्षका बिषयमा कुराकानी भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताउनुभएको छ ।

प्रदेश २ का साँस्कृतिक एवं धार्मिक स्थलहरुको भ्रमण, दलित एवं विपन्न वर्गको उत्थान, प्रदेश प्रमुखको कार्यालयलाई मर्यादित एवं ब्यवस्थित बनाउने, प्रदेश संचालनमा आइरहेका समस्याहरुका बिषयमा कुराकानी भएको बताईएको छ ।

राष्ट्रपति भण्डारीसँग भएको भेटघाटको क्रममा एक आपसमा बडा दशैको शुभकामनाको आदान प्रदान समेत भएको थियो ।

बडा दशैको अवसरमा अति ब्यस्तताका बाबजुद भेटवार्ताका लागि अवसर प्रदान गर्नु भएकोमा प्रदेश प्रमुख कायस्थले राष्ट्रपति भण्डारीलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।

facebook Page Like

  • मनोरँजन