Sunday, May 10, 2020

लकडाउनले आहत भएकाहरुलाइ अशहाय संरक्षण मञ्चको राहत


ब्रम्हानन्द ठाकुर
२८ बैशाख, जनकपुरधाम । कोरोना भाइरसका कारण जारी लकडाउनबाट पीडित परिवारहरुलाइ असहाय संरक्षण मञ्च जनकपुरले मल्हम लगाउने काम गर्दै आईरहेको छ ।
बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा छाक टार्न समस्या भएका अति बिपन्न परिवारहरुलाई मन्चले राहत सामग्री बितरन गर्दै आइरहेको छ ।


४८ दिन देखि जारी लकडाउनका कारण  काम तथा मजदुरी गर्न नपाएर पैसाको समस्याले छटपटिरहेका परिवारहरुलाई बिगत ४४ दिनदेखी अहोरात्र खटिई राहत बितरन मार्फत सेवा दिदै आईरहेको मन्चका सन्योजक बैधनाथ साहले बताएका छन ।
लकडाउनको अवधिमा विभिन्न दाताहरुबाट सन्कलित चामल, दाल, आलु, नुन जस्ता खाद्यान्न सामग्रीहरु करीब २००० परिवारलाई बितरन गरिसकिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिईने उनले बताएका छन ।
साथै यस अवधिमा कोरोना वारियर्सका रुपमा खटिएका प्रहरीलाई खाजा तथा पानीको ब्यवस्था समेत गरि सहयोग गर्दै आएका छन ।
नेपाल सरकारले राहत बितरनका लागि विभिन्न प्रयास गर्दा समेत गरीब तथा बिपन्न वर्गको पहुँच भन्दा बाहिर रहेको परिवारलाई समेट्ने उद्येश्यले मन्च द्वारा गरिएको यो कार्य अत्यन्तै सराहनिय छ ।
स्मरण होस्  यस अघि पनि मन्चले अशहायहरुको बिबाह, गरीबहरुको उपचार, मानसिक सन्तुलन गुमेकाहरुको उद्धार गर्दै आएको छ ।

facebook Page Like

  • मनोरँजन